close

फोन तात्तिने समस्या छ ? सावधान !

टेकपाना टेकपाना

बैशाख ११, २०७८ २२:२३

फोन तात्तिने समस्या छ ? सावधान !

काठमाडाैं । फोनको ब्याट्रीका लागि सबैभन्दा बढी खतरा भनेकै ताताे वा उच्च तापक्रम हाे । धेरै तातो हुँदा ब्याट्रीमा रहेका सेल अस्थिर हुन थाल्छ र अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासहरु पैदा गर्न थाल्छ ।

यी ग्यासहरूले ब्याट्री फूल्ने, संरचना बिगार्ने र अन्तमा विस्फोट समेत गराउन सक्छ । तसर्थ, माेबाइललाई तातो ठाउँ र निरन्तर घाममा नछोड्नुहाेस् ।

तर हामी धेरैलाई उच्च तापक्रममा मोबाइल चलाउँदा केही हुन्न भन्ने हुनसक्छ । यही साेचकै कारण ब्याट्री ताताे भइरहेका बेलामा पनि मानिसहरू चार्ज गर्दै फाेन चलाउन पुग्छन् । यस्ताे अवस्थामा शर्ट सर्किट हुने सम्भावना बढ्छ ।

तपाईंले धेरै तापक्रम भएको ठाउँमा मोबाइल लामो समय प्रयोग गर्नुभएको खण्डमा तपाईंकाे ब्याट्री तात्तिने सम्भावना हुन्छ । ब्याट्री ओभर हिट भयो भने जे पनि हुन सक्छ ।

अर्काेतिर लगातार उच्च तापक्रममा चलाउनले ब्याट्री पनि सुख्खा हुन्छ, जसले गर्दा तपाईंको मोबाइलको ब्याट्रीको लाइफ घट्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१