close

निषेधाज्ञामा ३३ प्रतिशत छुटसहित साथीमार्टको नि:शुल्क डेलिभरी सेवा

टेकपाना टेकपाना

बैशाख १५, २०७८ १९:१५

निषेधाज्ञामा ३३ प्रतिशत छुटसहित साथीमार्टको नि:शुल्क डेलिभरी सेवा

काठमाडाैं । अनलाइन टु अफलाइन (ओटुओ) ईकमर्सको उद्देश्यले स्थापित साथीमार्टले निषेधाज्ञामा नि:शुल्क डेलिभरी गर्ने भएकाे छ । देशभर ७० वटा आउटलेट रहेको रिटेल चेन स्टोर साथीमार्टले निषेधाज्ञाको समयमा अनलाइन अर्डर लिएर नि:शुल्क डेलिभरी गर्ने भएको हाे ।

अनलाइन शपिङ गर्न साथीमार्टको आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गर्न सकिन्छ । कम्पनीले हाल वेबसाइटको ‘बेटा भर्सन’ सार्वजनिक गरेको छ ।

अर्डर गरेको २४ घन्टाभित्र डेलिभरी दिइने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीईओ सागर पोखरेलले बताए ।

अनलाइन शपिङमा ३३ प्रतिशत सम्म छुटको प्रदान गरिने पोखरेलले बताए। तत्काल काठमाडौ उपत्यकामा मात्र लागू गरिएको अनलाइन अर्डर छिट्टै देशभर सञ्चालन गरिने बताइएको छ ।

निषेधाज्ञाको समयमा उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै अनलाइन शपिङलाई जोड दिइएको पोखरेलको भनाइ छ । साथै सम्बन्धित निकायले तोकेको समयमा स्वास्थ्य सुरक्षाको प्रावधानलाई पालना गरेर मार्टहरु सञ्चालन हुने बताइएको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१