काठमाडौं । कम्प्युटर तपाईंको नियन्त्रण वा दृष्टिभन्दा बाहिर पर्ने बित्तिकै कसैले मेरो कम्प्युटरमा पहुँच पुर्याइरहेको छ कि भन्ने डरले सबैलाई सताउँछ । कहिलेकाहिँ हामी आफ्नो जीमेल अकाउन्ट कम्प्युटर वा मोबाइलमा यत्तिकै खुल्ला छोडेर जान्छौं । यस्तो बेला तपाईंको अकाउन्टलाई जोकसैले एक्सेस गरिरहेको हुन सक्छ ।
आफ्नो अकाउन्टलाई सुरक्षित बनाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले त पासवर्ड परिवर्तन गर्नुहोस् । त्यसपछि टू फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्नुहोस् । साथै तपाईं गुगलको एड्भान्स प्रोटेक्सन प्रोग्राममा समेत इनरोल हुन सक्नुहुन्छ । यी उपाय अपनाउँदा तपाईंको अकाउन्टलाई पनि सुरक्षित राख्न मद्दत पुग्छ ।
तर आफ्नो गुगल वा जीमेल अकाउन्टमा कसैको पहुँच छ वा छैन भन्ने कुरा मात्र तपाईं सुनिश्चित गर्न चाहनुहुन्छ भने निम्न प्रक्रिया अपनाउनुहोस् ।
१. डेस्कटप वेब ब्राउजरमा जीमेलले तपाईंलाई भर्खरैको ईमेल एक्सेस गतिविधि हेर्न सघाउँछ । यसका लागि ईमेलको सबैभन्दा तल दायाँ भागमा लेखिएको ‘Details मा क्लिक गर्नुहाेस् । यसपछि एउटा छुट्टै विण्डो खुल्छ ।
त्यहाँ तपाईंले आफ्नो पछिल्ला अकाउन्ट गतिविधिहरु देख्नुहुनेछ । तपाईंको डिभाइस कता कता कुन कुन डिभाइसमा कति समयमा खुलेको थियो भन्ने कुरा त्यहाँ देखाइएको हुन्छ । त्यहाँ पछिल्लो १० पटकसम्म तपाईंको जीमेल अकाउन्ट कता कता खुले, त्यसको जानकारी हुन्छ ।
त्यहाँ ब्राउजर, पीओपी, मोबाइल, आईपी एड्रेस लोकेसन, मिति तथा एक्सेस समय सबै कुरा उल्लेख हुन्छन् । यदि कुनै पनि एक्सेस अप्रत्याशित डिभाइस, स्थान वा समयमा छ भने तपाईंले आफ्नो अकाउन्टमा अरुको एक्सेस भएको नभएको थाहा पाउन सक्नुहुन्छ ।
तर यदि तपाईं भीपीएन वा होस्ट डेस्कटप प्रयोग गर्नुहुन्छ भने त्यस विण्डोमा देखाइने तपाईंको लोकसन डेटामा तपाईको भौतिक ठेगानाको सट्टा सेवाप्रदायक सम्बन्धी जानकारी देखिन्छ ।
कहिलेकाहिँ अपेक्षित ठाउँमा अनपेक्षित समयमा पनि अकाउन्टमा एक्सेस भएको देखिन्छ यसको कारण भनेको कम्प्युटरलाई अन राखेर ब्राउजरमा मेल खोल्दा पनि यस्तो हुनसक्छ ।
समय समयमा अटो चेक मेलका लागि सिस्टमलाई कन्फिगर गर्न सकिन्छ । कहिलेकाहिँ पावर अवरुद्ध हुदाँ पनि एक्सेस भइदिने हुन्छ । पावर सुचारु भइसकेपछि स्वतः पावर अन हुने गरी कहिलेकाँही सिस्टम कन्फिगर भएङ्को हुन्छ ।
मेरो ब्राउजरमा कसैको एक्सेस छ त ?
क्रोम ब्राउजर, क्रोमबुक वा जुनसुकै क्रोम ओएस डिभाइसमा कन्ट्रोल एच (Ctrl+H) थिच्यो भने ब्राउजर हिस्ट्री हेर्नसकिन्छ । म्याक ओएसमा भने कमाण्ड प्लस वाई थिँच्दा (press Command+Y) तपाईंले भिजिट गरेको साइटको हिस्ट्री देखाइन्छ । यसमा कुनै अपेक्षित साइट भिजिट भएको देखिएको छ कि हेर्नुहोस् ।
यसबाहेक तपाईंको ब्राउजरबाट कुन कुन सेवामा साइन इन भएको छ त्यो हेर्न चाहनुहुन्छ भने क्रोम हिस्ट्रीमा युआरएल बक्सको तलतिर देखिने निलो बक्समा ‘sign in’ टाइप गर्नुभयो भने त्यहाँ सबै हिस्ट्री देख्न सकिन्छ ।
मेरो गुगल अकाउन्टमा कसको एक्सेस छ त ?
आफ्नो गुगल अकाउन्टको हिस्ट्री चाहे त्यो युट्युब, गुगल म्याप, गुगल प्ले र अरु सेवामा हेर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
तपाईंले कस्तो किसिमको सेक्युरिटी सेटिङ राख्नु भएको छ, त्यो अनुसार तपाईंले यसभित्र रहेको जानकारीमा एक्सेस गर्न रिअथेन्टिकेसन पनि गर्नुपर्ने हुनसक्छ । त्यहाँ कुनै यस्ता डेटा पनि हुनसक्छन्, जुन तपाईको युसेजसँग नमिल्न सक्छ ।
यसबाहेक यो लिङ्कमा क्लिक गरी आफ्नो गुगल अकाउन्ट साइन इन भएको डिभाइसको सूची हेर्नुहोस् । साथै डिभाइसको माथिल्लो भागमा रहेको तीनवटा भर्टिकल डटमा क्लिक गरी साइन आउट चयन गरेर रि अथेन्टिकेसन नगरी हुने कुनै पनि अनाधिकृत एक्सेसलाई रोक्नुहोस् ।
गुगलको सेक्युरिटी चेकअपमा गएर गुगलको सिस्टमले सम्भावित सुरक्षा इस्युको रुपमा पहिचान गरेको प्रत्येक वस्तुलाई समिक्षा गर्नुहोस् । परिवर्तन गर्न चाहेको खण्डमा परिवर्तन पनि गरिदिनुहोस् ।