काठमाडौं । यतिखेर काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमो निषेधाज्ञा जारी छ । प्रतिकूल अवस्थामा घरमै बस्दा काम, अध्ययन, सिकाई, मनोरञ्जन आदि प्रयोजनका लागि इन्टरनेट सहयोगी माध्यम बनिरहेको छ ।
यस्तो अवस्थामा सुलभ दरमा मोबाइल डेटा प्रयोग गर्न टेलिकमका डेटा प्याक उपयोगी हुनसक्छन् । यसका लागि कम्पनीले विभिन्न डेटाप्याक उपलब्ध गराइरहेको छ ।
१. वान जीबी पर डे विथ बोनस भ्वाइस प्याक
२८ दिनसम्म प्रत्येक दिन १ जीबी डेटा चलाउन र प्रतिदिन १४ मिनेट कुराकानी गर्न सकिने यो प्याक केवल ६४९ रुपैयाँमा उपलब्ध छ । सेवाग्राहीले आवश्यकता अनुसार डेटा चलाउन र कुराकानी समेत गर्न सक्ने भएकाले यो प्याक निकै लोकप्रिय छ । आफ्नो मोबाइलबाट *1415*1*8*2# डायल गरी यो अफर लिन सकिन्छ ।
२. ७ दिनका लागि १.५ जीबीडेटा
१.५ जीबी डेटा ७ दिनसम्म प्रयोग गर्न मिल्नेगरी कम्पनीले यो प्याक ल्याएको हो । नेपाल टेलिकमले स्प्रिङ अफर अन्तर्गत अल टाइम डेटा प्याकको रुपमा रहेको यो प्याक ९५ रुपैयाँमा उपलब्ध छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*1*4# डायल गर्नुहोस् ।
३. दुई घण्टासम्म चल्ने अनलिमिटेड डेटा प्याक
दुई घण्टासम्म असीमित डेटा चलाउन सकिने गरी यो प्याक ल्याइएको हो । ३० रुपैयाँमा उपलब्ध यो डेटा प्याक लिनका लागि मोबाइलमा *1415*8*2# डायल गर्नुपर्ने हुन्छ ।
४. ५०० एमबी पर डे डेटा प्याक
२९९ रुपैयाँमा उपलब्ध यो डेटा प्याकमा २८ दिनसम्म प्रत्येक दिन ५०० एमबी डेटा पाउन सकिन्छ । यो प्याक लिनका लागि आफ्नो मोबाइलबाट *1415*1*9*3# डायल गर्नुपर्ने हुन्छ ।
तपाईंले यसरी लिएको डेटा अन्य मोबाइल वा ल्यापटपमा समेत प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि मोबाइलमा हटस्पट बनाएर अन्य मोबाइल वा ल्यापटपमा वाईफाईको रुपमा कनेक्ट गर्नुपर्ने हुन्छ ।
टेलिकमका मोबाइल प्रयोगकर्ताले *1415# डायल गरी प्राप्त निर्देशन अनुसार विभिन्न प्याक खरिद गर्न सक्दछन् । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।
त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।