close

भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ आवेदन ‘आईएमई पे’ बाट

टेकपाना टेकपाना

बैशाख २३, २०७८ ७:५५

भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ आवेदन ‘आईएमई पे’ बाट

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।

आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा बुधबारदेखि आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो ।

आयोजनाको आईपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाहरूले आइएमई पेमार्फत आवेदन दिनसक्ने जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१