काठमाडौं । फेसबुकले मलायाली कवि के सचितानन्दनको पेज निलम्बन गरेको छ । हालै केरलामा सम्पन्न संसदीय निर्वाचनमा हार बेहोरेको भारतीय जनता पार्टीमाथि खिसी गरेको भिडिओ फेसबुकमा पोस्ट गरेपछि २४ घण्टासम्म उनको पेज निलम्बित भएको हो ।
उनले अमित शाह र उनको पार्टी भाजपाको केरेला क्षेत्रमा भएको पराजयमाथि व्यङ्ग्य गर्दै भिडिओ पोस्ट गरेको स्वीकार गरेका छन् ।
यसबाहेक उनले प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा अर्को विज्ञापन पनि पोस्ट गरेका थिए । ती दुबै सामग्री आफूलाई ह्वाट्सएपमा कसैले पठाएको उनले बताए ।
कवि सचितानन्दनले आफ्नो फेसबुक पेजको अकाउन्टबाट कुनै पनि किसिमका पोस्टहरु क्रिएट, शेयर तथा कमेन्ट गर्न पाएका थिएनन् ।
यसअघि अप्रिल २१ मा समेत फेसबुकले उनको एउटा कमेन्टलाई लिएर चेतावनी दिइसकेको उनले बताए ।
२४ घण्टापछि उनको फेसबुक पेज पुनर्स्थापित त भयो । यद्यपि कम्पनीको प्रतिबन्धको नियमअनुसार उनले कुनै पनि फेसबुक लाइभ ३० दिनसम्म गर्न सक्ने छैनन् ।