close

‘स्थानीय सरकारका वेबसाइटमार्फत सान्दर्भिक सूचना चाँडै प्रवाह गरौं’

वेदप्रसाद काफ्ले वेदप्रसाद काफ्ले

जेठ २, २०७८ १२:२२

‘स्थानीय सरकारका वेबसाइटमार्फत सान्दर्भिक सूचना चाँडै प्रवाह गरौं’

महामारीबाट बच्न तथा छुटकारा पाउनका लागि जनोपयोगी सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यमका रूपमा नगरपालिका वेबसाइटलाई हाम्रा स्थानीय सरकारले प्रयोग गर्न सकेका छैनन् । उदाहरणका लागि सुनसरीको इनरुवा र दुहबी नगरपालिकाकाे वेबसाइटमा यो महाव्याधिको एउटा पनि सूचनाले अझै ठाउँ पाउन सकेको छैन ।

इटहरी नगरपालिकाको वेबसाटमा होम आइसोलेशनका बारेमा एउटा पोस्टर त छ, तर अक्षर यति साना छन् कि पढ्न सकिदैँन । धरान नगरपालिकाले भने होम आइसोलेशन स्वास्थ्य परामर्शका लागि स्वास्थ्यकर्मीहरुको नामावली (फोन नम्बरसहित) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रदान गरिने टलिमेडिसिन सेवा र फिवर क्लिनिकका सम्पर्क फोन नम्बर लेखिएका छन् ।

ई-गभर्नेन्सका ठूला ठूला कुरा मात्र नगरौं । चाँडो जनपयोगी सूचना प्रवाह गर्ने काम गरौं। वेबसाइटको पहिलो पेजमा ठूला ठूला अक्षरमा तुरुन्तै राख्नुपर्ने केही महत्वपूर्ण सूचनाहरू

वेबसा‍इटको होमपेज यी नै सूचनाले भरौं

१. कोभिड-१९ का लक्षण के के हुन् ? कस्ता लक्षण देखिएका जनताले कहाँ सम्पर्क गर्ने ?

. कोभिड-१९ को परीक्षण कहाँ गराउने, परीक्षणका लागि कसरी जाने ?

३. कस्तो अवस्थामा अस्पताल जाने ? कुन अस्पताल जाने र कसरी जाने ?

४. एम्बुलेन्स चाहिने अवस्थामा कहाँ फोन गर्ने ?

५. होम आइसोलेशनमा बसेकाले स्वास्थ्य परामर्शका लागि कहाँ सम्पर्क गर्ने ? के के सावधानी अपनाउने ?

६. लक डाउनका बेला सर्वसाधरण जनताले के गर्ने, के नगर्ने ? अत्यावश्यक सामग्री (जस्तै खाद्यान्न, औषधि) कुन बेला, कहाँ गएर खरिद गर्ने ?

७. लक डाउनका बेला पसल, रिक्शा, टेम्पो, ट्याक्सी, बस व्यवसायीले के गर्ने, के नगर्ने ?

८. लकडाउनका बेला कुन कुन सार्वजानिक सेवा सुचारू रहने, कुन कुन बन्द रहने ?

. लक डाउनले दैनिक रोजगारी गुमेर आर्थिक अप्ठ्यारोमा परेका जनताले कहाँ सम्पर्क गर्ने ? के के सहयोग पाउन सकिन्छ ? लगायतका प्रश्नका विवरण प्रष्ट पारिनु पर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४