काठमाडौं । कोभिड महामारीका कारण मानिसहरु घरमै सुरक्षित भएर बस्नुपरेको यो अवस्थामा आर्थिक कारोबारजस्ता संवेदनशील काम अनलाइनबाटै भइरहेकाे छ । अनलाइनमा भर परिरहँदा यसको सुरक्षित प्रयोगबारे सचेत बन्न राष्ट्रिय वाणिज्य बैंकले आग्रह गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै साइबर हमलाकारीले ईमेल, एसएमएस, फोन कल, मालवेयर, रिमोट एक्सेस आदिबाट प्रयोगकर्ताको संवेदनशील सूचना चोर्नसक्ने भएकाले सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो ।
बैंकले अनलाइन वा फोनबाट व्यक्तिगत विवरण शेयर गर्दा दुईपटक सोच्न आग्रह गरेको छ । इनभेस्टमेन्ट डबलिङ म्यासेजलाई बेवास्ता गर्न, लगईन डिटेल्स, ओटीपी र पासवर्ड कसैलाई पनि शेयर नगर्न र हरेक अकाउन्टमा एउटै पासवर्ड नराख्न बैंकले अनुरोध गरेको छ ।