close

विश्वभर रेड्मी नोट सिरिजका २० करोड स्मार्टफोन बिक्री

टेकपाना टेकपाना

जेठ ६, २०७८ १८:१९

विश्वभर रेड्मी नोट सिरिजका २० करोड स्मार्टफोन बिक्री

काठमाडौं । चिनियाँ स्मार्टफाेन निर्माता साओमीले आज नयाँ माइलस्टोन पार गरेकाे घोषणा गरेको छ । कम्पनीका अनुसार रेड्मी नाेट सिरिज विश्वभर २० कराेड बिक्री भएकाे छ ।

२०१४ मा पहिलो पटक रेड्मी नोट फोन सार्वजनिक भएको थियो । नोट सिरिजको उल्लेख्य बिक्रीकै कारण साओमी विश्वकै तेस्रो ठूलो स्मार्टफोन कम्पनी बनेको छ । यसका साथै चिनियाँ बजारमा नोट १० सिरिज आउँदो मार्च २६ मा सार्वजनिक गर्ने घाेषणा कम्पनीले गरेकाे छ ।

नेपाली बजारमा भने पछिल्लाे पटक गत शुक्रबार मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ सार्वजनिक भएकाे थियाे ।

रेड्मी नोट १० प्रो म्याक्सलाई नेपाली बजारमा नाेट १० प्रोका रूपमा विस्तार गरिएकाे हो । यसअन्तर्गत ६ जीबी/१२८ जीबी भेरियन्टकाे मूल्य ३३ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१