close

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराए पछिल्ला सूचना

टेकपाना टेकपाना

जेठ ९, २०७८ ९:२०

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराए पछिल्ला सूचना

काठमाडौं । देशको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाईट president.gov.np बाट पछिल्ला सूचनाहरु हराएका छन् । उक्त वेबसाइटबाट जेठ १ गतेयताका कुनै पनि सूचनाहरु हराएको हो ।

नयाँ प्रधानमन्त्री नियुक्ति आह्वानदेखि प्रतिनिधिसभा विघटनजस्ता ठूला निर्णयहरु सहित यो साता चर्चामा आएको रास्ट्रपति कार्यालयबाट महत्वपूर्ण सूचनाहरु हटेका छन् । सूचनाहरु हराएपछि राष्ट्रपति कार्यालयले वेब डेभलपरमार्फत अनुसन्धान अघि बढाएको जनाएको छ ।

अपडेटः अहिले भने वेबसाइटबाट हटाइएका सूचनाहरु पुनः देखिन थालेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१