close

नेपाली बजारमा सामसङ मोबाइल सबैभन्दा अगाडि, अरु ब्राण्डको अवस्था के छ ?

टेकपाना टेकपाना

जेठ ९, २०७८ १९:२४

नेपाली बजारमा सामसङ मोबाइल सबैभन्दा अगाडि, अरु ब्राण्डको अवस्था के छ ?

काठमाडौं । नेपालको मोबाइल बजारमा सामसङ सबैभन्दा अगाडि देखिएको छ । यसअघि जस्तै सामसङले नेपाली बजारमा आफ्नो अग्रता निरन्तर कायम गरेको हो ।

स्टेटकाउन्टरले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार (अप्रिल २०२१) सामसङको बजार हिस्सा नेपालमा ३५.७३ प्रतिशत रहेको छ । सामसङपछि दोस्रो स्थानमा साओमी रहेको छ ।

तथ्यांक अनुसार साओमीको बजार हिस्सा २१.४५ प्रतिशत पुगेको छ । तेस्रो स्थानमा चिनियाँ मोबाइल निर्माता ओप्पो रहेको छ ।

नेपालमा ओप्पोको बजार हिस्सा ९.४६ प्रतिशत छ । चौथो स्थानमा भने आईफोन रहेको छ । जसको बजार हिस्सा ७.७३ प्रतिशत पुगेको स्टेटकाउन्टरको तथ्यांक छ ।

अर्चो चिनियाँ ब्राण्ड भिभोले पनि नेपाली बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । बजार हिस्साको हिसाबले भिभो नेपालमा पाचौं स्थानमा छ । जसको बजार हिस्सा ६.३३ प्रतिशत छ ।

त्यसपछि छैठौं स्थानमा ह्वावे रहेको तथ्यांकमा उल्लेख छ । ह्वावेले ६.१ प्रतिशतको बजार हिस्सा ओगटेको छ । बाँकी बजार अन्य मोबाइलहरुको रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१