close

१४ जिल्लामा २८ लाख राष्ट्रिय परिचयपत्र वितरण

टेकपाना टेकपाना

जेठ १४, २०७८ १७:६

१४ जिल्लामा २८ लाख राष्ट्रिय परिचयपत्र वितरण

काठाडौं । सरकारले १४ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यी जिल्लाका २८ लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएकाे जानकारी दिए ।

सरकारले नागरिकको सम्पूर्ण जानकारी सहितको परिचयपत्र उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिरहेकाे छ । हाल काेभिड १९ का कारण जारी निषेधाज्ञाका कारण विभिन्न ठाउँमा विवरण संकलन कार्य राेकिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बाेधनमा देशमा कूल ४८४ प्राविधिक धारका विद्यालय स्थापना भएकाे जानकारी दिए । त्यस्तै ५७२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा उपलब्ध गराइएकाे र सबै जिल्लामा फोरजी सहितको इन्टरनेट सेवा विस्तार भएको उल्लेख गरे ।

याे पनि पढ्नुहाेस् : हरेक नागरिकलाई वितरण गरिने राष्ट्रिय परिचयपत्र के हो र यसबाट कसरी लाभ लिने ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१