close

देशभरका मालपोत कार्यालयमा मेरो कित्ता कार्यक्रम सुरु हुँदै, कसरी लिने सेवा ?

टेकपाना टेकपाना

जेठ १६, २०७८ ११:१६

देशभरका मालपोत कार्यालयमा मेरो कित्ता कार्यक्रम सुरु हुँदै, कसरी लिने सेवा ?

काठमाडौं । सरकारले गत वैशाख २ देखि ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको छ । पहिलाे चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू भएकाे याे प्रणाली आर्थिक वर्ष २०७८/७९ मा देशैभरका कार्यालयमा विस्तार गरिने भएको छ ।

अब देशभरका १ सय २६ वटा कार्यालयबाट यस्ताे सेवा प्रदान गरिने छ । शनिबार बजेट प्रस्तुत गर्ने क्रममा अर्थ मन्त्री विष्णुप्रसाद पाैडेलले आउँदाे आवमा मेराे कित्ता कार्यक्रम विस्तार गर्ने उल्लेख गरेका छन् ।

मेराे कित्ता भनेकाे आफ्नो जग्गा धनी पूर्जा, आफ्नो कित्ता आफू बसेकै ठाउँबाट अनलाइनमार्फत् हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसक्ने अनलाइन प्रणाली हो ।

यो प्रणालीकाे प्रयाेगपछि घर, भवन निर्माण वा खरिदबिक्री प्रयोजनका लागि जग्गाधनीले नापी कार्यालय पुगेर प्रिन्ट नक्सा लिनुपर्ने झन्झट बेहाेर्नु नपर्ने सरकारी विश्वास छ ।

कसरी सेवा लिने ?

‘मेरो कित्ता डट डिओएस डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिन्छ । यसका लागि विभागले ‘नेपाल ल्यान्ड इन्फर्मेसन सिस्टम’ (एनईएलआईएस) प्रणाली तयार पारेको छ । यसमार्फत सेवाग्राहीले घरमै बसी ‘मेरो कित्ता’ अनलाइन सेवा प्रणालीबाट नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्ट र राजस्व भुक्तानी गर्न सक्नेछन् ।

सबैभन्दा पहिले याे सेवा लिन सेवाग्राहीले कुनै पनि ब्राउजरबाट मेराे कित्ता लगइन गर्नुपर्नेछ । सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, जग्गाधनी पुर्जामा हुने कित्ता नम्बरलगायत विवरणहरू राख्नुपर्ने हुन्छ । प्राप्त विवरणलाई नापी कार्यालयले कारोबार गर्न योग्य छ/छैन भनी प्रमाणित गर्छ ।

प्रमाणित भइसकेपछि मेरो कित्ताको साइटमा सेवाग्राहीले राखेको सम्पर्क नम्बरमा अनुरोध पुरा भयो भनी सन्देश जानेछ । त्यसपछि सेवाग्राहीले महालेखा नियन्त्रकको कार्यालयमा अनलाइन प्रणालीमार्फत राजस्व भुक्तानी गर्न आबद्ध जुनसुकै सेवा प्रदायकबाट राजस्व तिर्न सक्छन् ।

याे सुविधासँगै घर बनाउन, बैंकबाट कर्जा लिन वा जग्गाधनीको कुनै व्यक्तिगत प्रयोजनका लागि घरमै बसी डिजिटल नक्सा प्राप्त गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३