काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवा अनलाइनबाटै प्रदान गर्ने भएको छ । लगानी व्यवस्थापन सेवाको माध्यमबाट शेयर बजारसम्बन्धी ज्ञान नभएका लगानीकर्ता तथा शेयर बजारसम्बन्धी ज्ञान भएता पनि समय अभावको कारणले शेयर कारोबार गरेर लाभ लिन नसकेका लगानीकर्तालाई लगानी व्यवस्थापनको सेवा उपलब्ध गराउँदै आएको छ ।
हाल कोभिड–१९ का कारण देशव्यापी रुपमा निषेधाज्ञा जारी गरिएको परिस्थितिमा लगानी व्यवस्थापन सेवा लगायतका भौतिक रुपमा उपस्थित भई प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएकाले कम्पनीले अनलाइनमार्फत यो सेवा उपलब्ध गराएको हो ।
लगानीकर्ताहरुले एनआईसी एसिया क्यापिटलको लगानी व्यवस्थापन सेवा अनलाइनमार्फत सहज रुपमा घरबाटै शेयर बजारमा लगानी गरी अल्पकालीन र दीर्घकालीन फाइदा लिन सकिने कम्पनीले जनाएको छ ।
अनलाइन मार्फत लगानी व्यवस्थापन सेवा लिन चाहने ग्राहकहरुले एनआईसी एसिया क्यापिटलको वेबसाईट वा सोझै यो लिंकमा क्लिक गरेर समय बुक गरी थप जानकारी लिन सकिन्छ । अथवा लगानी व्यवस्थापन सेवा लिनको लागि सोझै यो लिंकमा क्लिक गरी आवश्यक विवरण/कागजात बुझाउन सकिन्छ ।