close

सर्वसाधारणका लागि करिब २४ लाख कित्ता आईपीओ जारी गर्दै डिशहोम

टेकपाना टेकपाना

जेठ २०, २०७८ १२:२१

सर्वसाधारणका लागि करिब २४ लाख कित्ता आईपीओ जारी गर्दै डिशहोम

काठमाडौं । डीटीएच सेवाप्रदायक डिशहोमले सर्वसाधारणका लागि झण्डै २४ लाख कित्ता शेयर जारी गर्ने भएको छ । हालै नेपाल धितोपत्र बोर्डले शेयर निष्कासनका लागि अनुमति दिएसँगै डिशहोमले आईपीओ जारी गर्ने ढाेका खुलेकाे हाे ।

डिशहोम २०१७ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । धिताेपत्र बाेर्डकाे अनुमतिसँगै अब कम्पनीले कूल पूँजीकाे १० प्रतिशत शेयर आईपीओ सर्वसाधारणका लागि जारी गर्नेछ ।

कम्पनीले सय रुपियाँ मूल्यको २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३