close

ट्याब्लेट बजारमा एप्पलको अग्रता कायमै, कसको हिस्सा कति ?

टेकपाना टेकपाना

असार १२, २०७८ १५:७

ट्याब्लेट बजारमा एप्पलको अग्रता कायमै, कसको हिस्सा कति ?

काठमाडौं । पछिल्लो समय ट्याब्लेटको बजारमा निकै उछाल आएको छ । कोभिड-१९ का कारण घरबाटै कार्यालयकाे काम, अध्ययन अध्यापन लगायतकाे प्रयाेजनका लागि ट्याब्लेटको माग बढिरहेको छ ।

यसैबीच काउन्टर पोइन्टले हालै २१औं बजार अनुगमन विवरण सार्वजनिक गरेको छ । जसमा ट्याब्लेटको बिक्री अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको देखिएकाे छ । गत वर्षसम्म ट्याब्लेट बजारको वृद्धिदर १९ प्रतिशत मात्र थियो ।

प्रतिवेदनअनुसार एप्पल सबैभन्दा अघि रहेको छ । एप्पलले विश्वव्यापी ट्याब्लेट बजारको ३७ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै दोस्रो स्थानमा सामसङ छ । उसकाे बजार हिस्सा २० प्रतिशत छ ।

काउन्टर प्वाइन्टका अनुसार तेस्रो स्थानमा चिनियाँ टेलिकम कम्पनी ह्वावे रहेको छ । अघिल्लो वर्षसम्म ११ प्रतिशत बजारका साथ तेस्रो स्थानमा रहेको याे कम्पनी यो वर्ष भने मात्र ५ प्रतिशत बजार हिस्साका साथ साेही स्थानमा कायम छ ।

ह्वावेको बजार हिस्सा घट्नुको मुख्य कारण कम्पनीले अमेरिकालगायत विभिन्न देशमा भाेगेकाे प्रतिबन्ध हाे । ह्वावेलाई अमेरिकी सरकारले कालोसूचीमा समावेश गरेका कारण बजारमा निकै गिरावट आएको जनाइएको छ ।

अर्कोतर्फ सामसङको ग्यालक्सी ट्याब एस–सेभेन लाइट युरोपका धेरै देशहरूमा लोकप्रिय छ । ग्यालक्सी ट्याब एस–सेभेन लाइट उत्तरी अमेरिकी, युरोपेली मुलुकका शैक्षिक संस्थामाझ लोकप्रिय बनेका कारण पनि सामसङको बजार हिस्सा बढिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५