ईकाठमाडौं । ब्रोडवे इन्फोसिसले तीन दिनको निःशुल्क मर्न स्ट्याक सेसन सञ्चालन गर्ने भएको छ । असार १६ देखि तीन दिनसम्म सञ्चालन हुने यो सेसन हरेक दिन विहान १० बजेदेखि दुई घण्टासम्म सञ्चालन हुनेछ ।
यो सेसनमा मर्न स्ट्याकका महत्वपूर्ण तीन सेसन सञ्चालन हुनेछ । यसअन्तर्गत फण्डामेन्टल्स, प्रोग्रामिङ टुल्स, फुल-स्ट्याक डेभलपमेन्ट कन्सेप्ट, जाभास्क्रिप्ट ओपन सोर्स लाइब्रेरी कन्सेप्ट्स एन्ड अप्रोचका विषयमा सेसन सञ्चालन हुने जनाइएको छ ।
इच्छुक विद्यार्थीहरुले मर्न स्ट्याक सेसनमा सहभागी हुन याे फर्म भर्नुपर्नेछ ।
मर्न स्ट्याकको क्षेत्रमा दशकौं लामो अनुभव बोकेका विज्ञहरुबाट उक्त सेसन सञ्चालन हुने ब्रोडवेले जानकारी दिएको छ ।