close

सिद्धार्थ बैंकको ‘इजी बैंक’ नामक अनलाइन प्लेटफर्म सार्वजनिक

टेकपाना टेकपाना

असार १८, २०७८ ८:३१

सिद्धार्थ बैंकको ‘इजी बैंक’ नामक अनलाइन प्लेटफर्म सार्वजनिक

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘इजी बैंक’ नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउन नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रमअन्तर्गत रही ‘इजी बैंक’ प्लेटफर्म ल्याइएकाे बैंकले जनाएकाे छ ।

यसअन्तर्गत बैंककाे आधिकारिक वेबसाइटमा गएर सोझै लिंक गरी ग्राहकहरुले विभिन्न सेवा लिन पाउँछन् । हाल इजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्नो सीआरएन नम्बर हेर्नसक्ने बैंकले जनाएको छ ।

इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरू सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायी रहने विश्वास बैंकको छ ।

आगामी दिनमा यो प्लेटफर्मममा अरु बैंकिङ सेवा थपी अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने समेत बैंकले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५