close

धनगढी उपमहानगरका जनताले अब घरबाटै कर तिर्न सक्ने

टेकपाना टेकपाना

असार २५, २०७८ १३:५१

धनगढी उपमहानगरका जनताले अब घरबाटै कर तिर्न सक्ने

कैलाली । धनगढी उपमहानगरपालिकाले कनेक्ट आईपीएससँग सहकार्य गरी अनलाइनबाटै विभिन्न सरकारी सेवाको भुक्तानी तिर्न सक्ने सुविधा ल्याएको छ ।

उपमहानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल कर लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्कहरु घरमै बसेर बुझाउन सक्ने भएका हुन् ।

सेवाग्राहीले आफ्नो वडामा ईमेल र मोबाइल दर्ता गराई उपमहानगरको करदाता पाेर्टलबाट युजरनेम र पासवर्ड लिनुपर्छ । त्यसरी लगइन गरेपछि सोझै आफ्नो बैंक खाताबाट कनेक्ट आईपीएस मार्फत् राजश्व बुझाउन सकिने छ ।

उपमहानगरपालिका कार्यालयको कर संकलन प्रणाली सफ्टवेयरमा करदाताको रुपमा दर्ता भई सो सफ्टवेयरले जेनेरेट गरेको आफ्नो आधिकारीक ८ अंकको करदाता संकेत नं जस्तैः (०१-०१-०००१) प्राप्त गरिसकेपछि मात्र कर पोर्टलमा इन्टरनेटको पहुँचबाट आफ्नो आधिकारिक युजरनेम र पासवर्ड राखी प्रयोगकर्ता दर्ता गरी आफ्नो विवरण हेर्नुका साथै कर भुक्तानी गर्न सकिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३