close

सिटिजन्स बैंकका एटीएमदेखि अनलाइन बैंकिङसम्मका सबै सेवा बन्द

टेकपाना टेकपाना

असार २५, २०७८ २०:३१

सिटिजन्स बैंकका एटीएमदेखि अनलाइन बैंकिङसम्मका सबै सेवा बन्द

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बैंकिङ सेवा प्रभावित भएको छ । सिर्जना पाइनाइन्स लिमिटेडसँगको मर्जरका कारण बैंकका सबै सेवा शनिबारसम्मका लागि बन्द भएका हुन् ।

बैंकले शुक्रबार जारी गरेको सूचना अनुसार सिटिजन्स बैंकले प्रदान गर्ने एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, होलिडे काउन्टर, सन्ध्या कालीन काउन्टर सबै सेवा बन्द हुने जानकारी दिएको छ । यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै बैंकले आइतबारदेखि सबै सेवा नियमित रुपमा सञ्चालन हुने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३