काठमाडौं । प्रहरीले सट्टेबाजी खेलाएको अभियोगमा ललितपुरबाट ५ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरिय प्रहरीले जारी युरो कप फुटबल प्रतियोगिता २०२० का खेलमा सट्टेबाजी गराइरहेको भन्दै उनीहरूलाई ललितपुरका विभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका थसिखेल बस्ने ३२ वर्षीय दिप्जल ढुंगाना, सानेपा बस्ने २६ वर्षीय आशिष सिंह, कोबाहाल बस्ने ४२ वर्षीय राजु महर्जन, धापागल बस्ने ३८ वर्षीय विनोद महर्जन र टंगाल बस्ने २९ वर्षीय सफिर राज राजकर्णिकार रहेका छन् ।
सामाजिक सञ्जाल तथा अनलाइन माध्यम प्रयोग गरी युरो कपका खेलहरूमा बाजी थापेर धेरै ठुलो धनराशि हारजित हुने गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले सट्टेबाजीमा प्रयोग भएका मोबाइल सहित उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूउपर सट्टेबाजी गर्न नहुने सम्बन्धी कसूर मुद्दामा ललितपुर जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
