close

नोइज क्यान्सलेसन भएको अहिलेसम्मकै सस्तो इयरबड्स ल्याउँदै नथिङ, कति होला मूल्य ?

टेकपाना टेकपाना

असार २६, २०७८ २२:११

नोइज क्यान्सलेसन भएको अहिलेसम्मकै सस्तो इयरबड्स ल्याउँदै नथिङ, कति होला मूल्य ?

काठमाडौं । वनप्लसका संस्थापक कार्ल पेईको कम्पनी नथिङले यही जुलाई २७ मा आफ्नो पहिलो इयरबड्स सार्वजनिक गर्दैछ । जसको मूल्य ९९ डलर अर्थात १० हजार रुपैयाँ माथि पर्ने बताइएको छ ।

जसमा एक्टिभ न्वाइज क्यान्सलेसन (एएनसी) फिचर रहने कम्पनीका संस्थापक पेईले खुलाएका छन् । एएनसीका लागि हरेक इयरबडमा तीन वटा माइक रहनेछन् । कम्पनीका अनुसार सुरुवाती समयमा यो इयरबड्स बेलायत, भारत, युरोप र उत्तरी अमेरिकामा सार्वजनिक गरिनेछ ।

इयर (वान) नाम दिइएको यो इयरबडलाई एप्पलको २४९ डलर पर्ने एयरपड्स प्रोको प्रतिस्पर्धीको रुपमा हेरिएको छ । साउन्डकोर लिबर्टी इयर टु प्रोको मूल्य १२० डलर छ भने अमेजनको एएनसी फिचर सहितको दोस्रो पुस्ताको ईको बड्स १२० डलरबाट सुरु हुन्छ ।

त्यसो त यही मूल्यमा नोइज क्यान्सलेसन बिनाका इयरबड्स समेत छन् । जसमा गुगलले हालै मात्र सार्वजनिक गरेको पिक्सेल बड्स ए सिरिज समेत पर्छ । टेकक्रञ्चसँगको एक अन्तर्वार्तामा नथिङका संस्थापक कार्ल पेईले ‘इसेन्सियल’ ब्राण्ड अधिग्रहण गर्नुको विषयमा समेत स्पष्ट पार्ने कोसिस गरेका छन् । (जसलाई माथि हामीले नथिङ भनेका छौँ) ।

‘इसेन्सियल हामीले प्रारम्भिक रुपमा सोचिरहेको मध्येको एउटा नाम थियो,’ उनले भनेका छन्, ‘त्यसैले नै हामीले यसको ट्रेडमार्क अधिग्रहण गरेका हौं । हाम्रो साथमा इसेन्सियलसँग केही गर्ने योजना बनिसकेको छैन ।’ इसेसन्सियल स्मार्टफोन उत्पादक कम्पनी हो ।

जसलाई एन्ड्रोइडका निर्माता एन्डि रुबिनले गुगल छोडेलगत्तै सुरु गरेका थिए । तर एउटा स्मार्टफोन सार्वजनिक गरेको यो कम्पनी सन् २०२० को प्रारम्भमै बन्द भएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३