close

स्मार्टफोन र ल्यापटपका लागि साओमीले ल्यायो ६७ वाट क्षमताको फास्ट चार्जर

टेकपाना टेकपाना

असार २८, २०७८ २१:४०

स्मार्टफोन र ल्यापटपका लागि साओमीले ल्यायो ६७ वाट क्षमताको फास्ट चार्जर

काठमाडौं । साओमीले नयाँ फास्ट चार्जर सार्वजनिक गरेकाे छ । कम्पनीले साेमबार ‘मि ६७ वाट सोनिक चार्ज ३.०’ चार्जर भारतीय बजारमा सार्वजनिक गरेकाे हाे । याे चार्जर स्मार्टफोनका अतिरिक्त ल्यापटप, ट्याब्लेट र अन्य टाइप-सी पाेर्ट सपाेर्ट गर्ने डिभाइसका लागि पनि कम्प्याटिबल रहेको बताइएकाे छ ।

चार्जरमा सिंगल यूएसबी टाइप-ए पाेर्ट रहेकाे छ, तर कम्पनीले स्मार्टफाेन, ल्यापटप, हेडफाेन लगायतका मल्टिपल डिभाइसमा प्रयाेग गर्न सकिने दाबी गरेकाे छ ।

साओमीले सन् २०२१ को सुरुवातमा मि ११ अल्ट्रा सार्वजनिक गरेको थियो, जसमा ६७ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने बताइए पनि कम्पनीले ५५ वाटको फास्ट चार्जर दिएको थियाे ।

बजारमा उपलब्ध हुनेमध्ये याे चार्जर कम्पनीको हालसम्मकै सबैभन्दा शक्तिशाली चार्जर भएको दाबी गरिएको छ। यसले क्वालकमको क्विक चार्ज ३.० सपोर्ट गर्छ । कम्पनीले याे चार्जरका लागि कम्प्याटिबल टाइप-सी चार्जिङ केबल पनि सँगै ल्याएकाे छ ।

यसका अतिरिक्त चार्जरमा इन-बिल्ट सर्ज प्राेटेक्सनसमेत रहेकाे छ । कम्पनीका अनुसार याे चार्जरबाट ५ हजार एमएएचकाे ब्याट्री ३६ मिनेटमा फुल चार्ज हुन्छ ।

भारतीय बजारमा याे चार्जरकाे मूल्य १,९९९ भारू ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३