close

प्रो लेभल गेमरका लागि एसुसको उत्कृष्ट ल्यापटप नेपालमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

साउन २०, २०७८ १८:४१

प्रो लेभल गेमरका लागि एसुसको उत्कृष्ट ल्यापटप नेपालमा, कति होला मूल्य ?

काठमाडौं । गेमिङ ल्यापटपको क्षेत्रमा निकै चर्चा कमाइरहेको एसुसले आफ्नो नयाँ ल्यापटप आरओजी जेफ्रस एम १६ नेपाली बजारमा सार्वजनिक गरेको छ । एकदमै आकर्षक डिजाइनमा रहेको अल्ट्रा स्लिम जेफ्रस एम १६ विन्डोज १० मा आधारित छ । यो ल्यापटप एसुसको आधिकारिक बिक्रेता नागमणी इन्टरनेसनलले नेपाल भित्र्याएको हो ।

प्रो लेभल गेमिङको लागि तयार पारिएको यो ल्यापटपमा इन्टेलको ११ औँ पुस्ताको कोर आई ९ जेन सीपीयूको प्रयोग गरिएको छ । त्यस्तै यसमा एक टीबीको एसएसडी स्टोरेज पनि दिइएको छ । यो ल्यापटप ३२ जीबी र्‍याम भेरियन्ट उपलब्ध छ ।

जसलाई ४८ जीबीसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ । ल्यापटपमा ३०६० आरटीएक्स ग्राफिक्स कार्ड, छ जीबीको जीडीडीआर सिक्स रहेकोले यसमा गेम खेल्दा निकै नै रोचक दृश्य देखिन्छ ।

१६ इन्चको फुल एचडी स्क्रिन भएको यो ल्यापटपमा १४४ हर्जको रिफ्रेस रेट छ । जसले गेमिङलाई निकै नै स्मुथ र फास्ट बनाउँछ । त्यस्तै ल्यापटपमा एउटा ३.५ एमएमको कम्बो अडियो ज्याक, दुई ओटा टाइप ए यूएसबी पोर्ट र एउटा टाइप सी यूएसबी पोर्ट रहेको छ ।

यसैगरी यसमा एउटा आरजे ४५ ल्यान पोर्ट पनि दिइएको छ ।  अन्य गेमिङ ल्यापटपको तुलनामा यसको ताप बहन गर्ने सिस्टम एकदमै राम्रो छ ।

जसले गर्दा लगातार गेम खेल्दामा समेत ल्यापटप तात्ने समस्या हुँदैन । यो ल्यापटपमा स्मार्ट एएमपी प्रविधि प्रयोग गरिएको छ भने साथमा एआई माइक न्वाइज क्यान्सलेसन पनि राखिएको छ । यो ल्यापटपको बजारको मूल्य तीन लाख ३८ हजार ८८९ रुपैयाँ राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१