close

भोलि र पर्सी नेप्सको सम्पूर्ण सिस्टम बन्द हुने

टेकपाना टेकपाना

साउन २१, २०७८ १८:३२

भोलि र पर्सी नेप्सको सम्पूर्ण सिस्टम बन्द हुने

काठमाण्डौ । भोलि र पर्सी नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटका सम्पूर्ण सेवा बन्द हुने भएको छ ।

नेप्सेले आज एक सूचना जारी गर्दै डेटा स्तोरन्नतिको काम गर्न लागिएको हुनाले दुई दिन सिस्टम नचल्ने जानकारी दिएको हाे ।

नेप्सेले आफ्नो पुरानो वेबसाइटलाई पूर्ण रुपमा विस्थापन गर्ने तयारी गरेकाले यो अवधिमा नेप्सेको सबै प्रणाली बन्द रहने बताइएको छ ।

छिटोभन्दा छिटो मर्मत र स्तरोन्नतिको काम गरिने जनाउँदै नेप्सेले यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गरेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१