close

आज १ घण्टाका लागि आरटीजीएस प्रणाली खुला

टेकपाना टेकपाना

साउन २३, २०७८ ११:१०

आज १ घण्टाका लागि आरटीजीएस प्रणाली खुला

नेपाल राष्ट्र बैंकले आज पनि रियल टाइ ग्रस सेटलमेन्ट (आरटीजीएस) सुचारु गरेको छ ।

बैंकले विकास ऋणपत्र २००७९ ‘घ’ को ब्याज भुक्तानी प्रयोगजनका लागि बिहान १०ः३० देखि ११ः३० सम्म खुला गरेको हो ।

ठूलो परिमाणमा पैसा निकाल्दा हुने परम्परागत झन्झटिलो प्रक्रियाको अन्त्यका लागि गत कात्तिकदेखि कार्यान्वयनमा आएको आरटीजीएस एउटा आधुनिक भुक्तानी प्रणाली हो । 

ठूलो रकम निकाल्न वा स्थानन्तरण गर्नु पर्दा आरटीजीएस प्रणालीको प्रयोग गरे बैंकमा धाएर चेक काटिरहन पर्दैन ।

अन्य अनलाइन भुक्तानी प्रणालीभन्दा छिटो रकम स्थानान्तरण गर्न वित्तिकै यो प्रणालीमा पैसा सेवाग्राहीको खातामा जम्मा हुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३