close

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा, ५ लाखसम्म ऋण लिन सकिने

टेकपाना टेकपाना

साउन २७, २०७८ ७:३०

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा, ५ लाखसम्म ऋण लिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमकाबीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

समारोहमा बैंक संचालक समितिका अध्यक्ष रामशरण पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ-नयाँ बैंकिङ्ग प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए ।

बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङ्गतर्फ बैंक अगाडि बढिरहेको बताउँदै नेपाल, भारत र भुटानमा चल्ने यो सेवा बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिने बताए ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठले रा.वा.बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक हुन पाउँदा खुसी लागेको बताउँदै बैंकको व्यवसाय विस्तारको लागि शुभकामना व्यक्त गरे।

समारोहमा उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले प्रतिस्पर्धी बजारमा सस्तो ब्याजदरमा दिइने क्रेडिट कार्ड ग्राहकको आयश्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकलाई २० हजारदेखि पाँच लाख रुपैयाँसम्मको क्रेडिट लिमिट दिन सकिने बताए ।

डिजिटल बैंकिङ्ग विभागका प्रमुख ऋषिराम ढकालले क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन शपिङ्ग, तोकिएको सीमाभित्र रहेर नगदसमेत झिक्न मिल्ने सुविधा रहेको बताए ।

बैंकको हाल ७७ जिल्लामा २४७ वटा शाखा कार्यालय, २०९ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३