close

नियम विपरित कोरोना खोपकार्डको रकम असुल्दै म्यानपावर कम्पनी, निःशुल्क लिने कसरी ?

टेकपाना टेकपाना

साउन ३१, २०७८ २१:११

नियम विपरित कोरोना खोपकार्डको रकम असुल्दै म्यानपावर कम्पनी, निःशुल्क लिने कसरी ?

काठमाडौं । वैदेशिक रोजगारीमा जानका लागि क्यूआर कोड सहितकको कोभिड विरुद्ध खोप लगाएको क्यूआर कोड सहितको प्रमाणपत्र अनिवार्य छ । यस्तोमा सरकारले पछिल्लो समय यस्तो खोपकार्ड उपलब्ध गराउन थालेको छ ।

तर केही म्यानपावर कम्पनीले भने कोभिड विरुद्ध खोप लगाएको क्यूआर कोड सहितको खोप कार्डका लागि शुल्क लिने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशन गर्दै यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।

यस किसिमले सर्वसाधारणलाई मर्का पर्ने कुनै पनि कार्यहरू नगर्न नगराउन सम्बन्धित सबैमा मन्त्रालयले अनुरोध समेत गरेको छ । ‘नियम विपरित यस किसिमको गतिविधि गर्ने उपर कडाभन्दा कडा कारबाहीको व्यवस्था गरिदिनुहुन सम्बन्धित सरोकारवाला सबैमा अनुरोध छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

क्यूआर कोड सहितको कोभिड विरुद्धको खोप कार्ड लिन चाहनेहरूले यहाँ क्लिक गरी आफैँले फाराम भर्न सक्छन् । साथै कठिनाइ भएमा नजिकै रहेको स्वास्थ्य संस्था वा स्वास्थ्य सेवा विभागबाट निःशुल्क सहयोग लिन तथा यहाँ क्लिक गरी आफ्नो आवेदनको अवस्था हेर्न र प्रमाणपत्र अनलाइनबाटै डाउनलोड गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१