close

स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’, सामान खरिदमा ६० प्रतिशतसम्म छुट

टेकपाना टेकपाना

भदौ २, २०७८ १६:४०

स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’, सामान खरिदमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् ।

साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्नसक्ने कम्पनीले जनाएको छ । त्यस्तै ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक(५०० रुपैयाँसम्म) छुट प्राप्त गर्नेछन् ।

त्यस्तै माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (५०० रुपैयाँसम्म) को छुट पाइने छ ।

त्यतिमात्रै नभएर स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजना समेत ल्याएको छ । जसमा पर्फ्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा वेस्ट डिल तथा डिस्कान्ट अन्तर्गत ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।

ग्राहकले स्मार्टडोको एप तथा वेबसाइटमार्फत सामान खरिद गर्नसक्ने जनाइएको छ ।

स्मार्टडोकोसँग हाल विभिन्न क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्ट र विभिन्न सब क्याटेगोरीमा सामान उपलब्ध छन् । जसमा ग्राहकले सहज ढंगले आफूलाई मनपर्ने प्रडक्ट; बेबी केयर, इलेक्ट्रोनिक्स, फुड तथा ग्रोसरी, कोभिड इसेन्सियल, हेल्थ एण्ड ब्युटी तथा होम एण्ड लिभिङलगायतका विभिन्न प्रोडक्ट खरिद गर्न सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २ सय ५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरकाे हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर आज (बुधबार) देखि सुरु भएर भदौ ५ गतेसम्म लागू हुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१