close

के हो एन्ड्रोइड टिभी ? यसरी सजिलै बुझ्नुहोस्

टेकपाना टेकपाना

भदौ ४, २०७८ २२:१८

के हो एन्ड्रोइड टिभी ? यसरी सजिलै बुझ्नुहोस्

काठमाडौं । सामान्यतया टिभी त सबै एउटै हुन् । बजारमा अनेक ब्रान्डका विभिन्न प्रकारका टिभी उपलब्ध छन् । तर, मूल्य भने फरक फरक रहेको हुन्छ । यसरी मूल्यमा फरक पर्नुको कारण पनि अनेक हुनसक्छ ।

पहिलो त ब्रान्ड नै हो । तर, त्यो भन्दा पनि टिभीको साइज र टिभीमा उपलब्ध हुने फिचर र सिस्टमले मूल्यलाई धेरै फरक पार्ने गर्छ । त्यस्तै फिचर अथवा सिस्टम मध्ये एन्ड्रोइड अपरेटिङ सिस्टम पनि एक हो ।

टिभीको अपरेटिङ सिस्टमको रुपमा गुगलले यसलाई निर्माण गरेको हो । सुरुमा गुगलले आफ्नो गुगल टिभी, स्ट्रिमिङ स्टिक, डिजिटल मिडिया प्लेयर र साउण्डबार लगायतमा प्रयोगका लागि यसलाई निर्माण गरेको थियो ।

तर, हाल एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित भएर फिलिप्स, सोनी, शार्प लगायतका विभिन्न ब्राण्डले टिभी बजारमा ल्याइरहेका छन् । जसमार्फत इन्टरनेट कनेक्ट गरेर नेटफ्लिक्स,स्पोटीफाई, युट्युव जस्ता एपहरू चलाउन मिल्छ ।

जसले गर्दा एन्ड्रोइड टिभीलाई एक विस्तारित र सुविधा सम्पन्न डिभाइसको रुपमा लिने गरिन्छ । साथै एन्ड्रोइड टिभीमा लाइभ कार्यक्रमहरू पनि हेर्न मिल्ने सुविधा रहेको छ ।

टेलिभिजन सेटले ह्यान्डल गर्न सक्नेसम्म स्मार्टफोनमा जस्तै सुविधा यसमा पनि प्रत्यक्ष र सुव्यवस्थित रुपमा प्राप्त गर्न सकिन्छ । सन् २०१७ देखि भने एन्ड्रोइड टिभीमा गुगल असिस्टेन्ट डिफल्ट रुपमा आउन थालेको छ ।

यसो हुँदा तपाईंले ‘ओके गुगल’ भनेर गुगल असिस्टेन्टको सहयोग पनि लिन सक्नुहुनेछ । रिमोटमा ‘भ्वाइस सर्च’ गरेर पनि आफूले चाहेको च्यानल, फिल्म अथवा कुनैपनि कन्टेन्ट टाइप नै नगरी खोज्न सक्नुहुन्छ ।

एन्ड्रोइड स्मार्ट टिभी अहिलेको प्रविधि र ट्रेन्डसँग सुहाउँदो छ । तपाईं आफ्नो फोनमा मुभ स्क्रोल गर्दागर्दा दिक्क हुनुभएको छ भने अब एन्ड्रोइड स्मार्ट टिभीमा टिकटक पनि हेर्न सकिन्छ ।

भर्खरैमात्र यसमा एउटा यस्तो फिचर थप गरिएको छ, जसमा यदि तपाईंले कुनै फिल्म अथवा टिभी शो हेर्दा कुनै कलाकारलाई कतै देखेको हो भन्ने कन्फ्युजन हटाएर हेर्न चाहनुहुन्छ भने, तपाईंले अब कलाकारको नाम सर्च गरी सम्पूर्ण जानकारी (बायोडाटा) टिभीमा तत्कालै प्राप्त गर्न सक्नुहुन्छ ।

एन्ड्रोइड टिभीमा हालसालै युजर इन्टरफेस अपग्रेड भएको छ । जसले गर्दा होम, डिस्कभर र एप सहित तीनओटा ट्याबहरू देखाउँछ । यसो हुँदा टिभीमा सामग्री खोज्न सजिलो हुनुका साथै गुगल टिभीसँगै नयाँ क्रोमकास्ट चलाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१