काठमाडौं । गुगलले एन्ड्रोइड १२ को पब्लिक बेटा उपलब्ध गराइसकेको छ । गुगल आई/ओ २०२१ मार्फत गुगलले सार्वजनिक गरेको एन्ड्रोइड १२ को बेटा भर्सन विभिन्न परिमार्जनसहित पब्लिक बेटाको रुपमा उपलब्ध भएको हो ।
यो सँगै यदि तपाईंको मोबाइलले एन्ड्रोइड १२ को बेटा भर्सन सपोर्ट गर्छ भने अब इन्स्टल गरी नयाँ अनुभव लिन सक्नुहुनेछ ।
यदि तपाईंको मोबाइल नयाँ एन्ड्रोइडको लागि उपयुक्त छ भने प्रयोगका लागि त्यति धेरै झन्झट पनि खेपिराख्नु पर्नेछैन । मोबाइल तथा डेस्कटपमा केही क्लिककै भरमा एन्ड्रोइड १२ इन्स्टलको लागि तयार हुनेछ ।
जब तपाईंले एन्ड्रोइड १२ को बेटा मोबाइलमा इन्स्टल गर्नुहुनेछ, तब तपाईंलाई गुगलले उपलब्ध गराउने हरेक अपडेट प्राप्त गर्नुहुनेछ । यतिसम्म कि एन्ड्रोइड १२ को अन्तिम भर्सन पनि आफैं उपलब्ध हुनेछ ।
तर, हालको बेटा भर्सन प्रयोग गर्नुअघि एउटा कुरा भने ध्यान दिन आवश्यक छ । त्यो भनेको यो पूर्णरुपमा तयार भएको भर्सन होइन ।
त्यो हुँदा यसमा विभिन्न बग हुन सक्छन् । त्यसैले आफ्नो मोबाइलको डेटा सुरक्षाका लागि डेटालाई ब्याकअप गरेरमात्रै एन्ड्रोइड १२ को बेटा भर्सन प्रयोग गर्दा उपयुक्त हुनेछ ।
प्रयोग गुर्नभन्दा अघि तपाईंको डिभाइसले एन्ड्रोइड १२ को पब्लिक बेटा सपोर्ट गर्छ/गर्दैन भन्ने विषय महत्वपूर्ण हो । त्यसैले यहाँ एन्ड्रोइड १२ को पब्लिक बेटा सपोर्ट गर्ने डिभाइसको नाम उपलब्ध गराइएको छ ।
- Pixel 3, 3 XL
- Pixel 3A, 3A XL
- Pixel 4, 4 XL
- Pixel 4A, 4A 5G
- Pixel 5
- Asus Zenfone 8
- OnePlus 9, 9 Pro
- Oppo Find X3 Pro (model CPH2173)
- TCL 20 Pro 5G
- Vivo iQOO 7
- Xiaomi Mi 11, Mi 11 Ultra, Mi 11I, Mi 11X Pro
- ZTE Axon 30 Ultra 5G
- as well as models from Sharp, Tecno, and Realme
यसरी कुन मोबाइलले सपोर्ट गर्छ भन्ने विषयमा जानकारी प्राप्त भएसँगै अब यहाँ हामी एन्ड्रोइड १२ पब्लिक बेटा कसरी इन्स्टल गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।
माथि उल्लेखित डिभाइसमध्ये एन्ड्रोइड १२ को पब्लिक बेटा भर्सन इन्स्टलका लागि गुगल पिक्सेल फोन सबैभन्दा सहज रहेको छ । पिक्सेल फोन प्रयोगकर्ताले गुगलको एन्ड्रोइड बेटा साइडमा गएर सोझै डाउनलोड गर्न सक्नेछन् ।
तर, अन्य मोबाइलको हकमा भने तपाईंले गुगलको एन्ड्रोइड बेटाको वेबसाइटमा क्लिक गरी ‘भ्यु योर इनेबल डिभाइस’ मा गएर आफ्नो डिभाइसको बारेमा जानकारी लिन सक्नुहुनेछ ।
यदि तपाईंको डिभाइस एन्ड्रोइड १२ को बेटा भर्सनका लागि उपयुक्त छ भने तपाईंको मोबाइलमा सफ्टवेयर इन्स्टलका लागि रेडी छ भनेर नोटिफिकेशन प्राप्त हुनेछ ।
यदि तपाईं प्रक्रियागत रुपमा जान चाहनुहुन्छ भने सुरुमा तपाईं आफ्नो मोबाइलको ‘सेटिङ’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ ‘सिस्टम अपडेट’ मा क्लिक गरी ‘चेक अपडेटमा क्लिक गरि त्यहाँ नयाँ अपडेट डाउनलोड गर्न सकिने नसकिने हेर्न सक्नुहुनेछ । यो प्रक्रिया केही फोन अनुसार भने फरक पर्ने सक्छ ।
यदि अपडेटका लागि उपलब्ध छैन भने तपाईंले पर्खिनुभन्दा अर्को विकल्प हुँदैन । अपडेट उपलब्ध छ भने तपाईंलाई उक्त अपडेट इन्स्टल हुनका लागि २४ घण्टासम्म लाग्नेछ ।
-द भर्जबाट ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
