काठमाडौं । गुगलले एन्ड्रोइड १२ को पब्लिक बेटा उपलब्ध गराइसकेको छ । गुगल आई/ओ २०२१ मार्फत गुगलले सार्वजनिक गरेको एन्ड्रोइड १२ को बेटा भर्सन विभिन्न परिमार्जनसहित पब्लिक बेटाको रुपमा उपलब्ध भएको हो ।
यो सँगै यदि तपाईंको मोबाइलले एन्ड्रोइड १२ को बेटा भर्सन सपोर्ट गर्छ भने अब इन्स्टल गरी नयाँ अनुभव लिन सक्नुहुनेछ ।
यदि तपाईंको मोबाइल नयाँ एन्ड्रोइडको लागि उपयुक्त छ भने प्रयोगका लागि त्यति धेरै झन्झट पनि खेपिराख्नु पर्नेछैन । मोबाइल तथा डेस्कटपमा केही क्लिककै भरमा एन्ड्रोइड १२ इन्स्टलको लागि तयार हुनेछ ।
जब तपाईंले एन्ड्रोइड १२ को बेटा मोबाइलमा इन्स्टल गर्नुहुनेछ, तब तपाईंलाई गुगलले उपलब्ध गराउने हरेक अपडेट प्राप्त गर्नुहुनेछ । यतिसम्म कि एन्ड्रोइड १२ को अन्तिम भर्सन पनि आफैं उपलब्ध हुनेछ ।
तर, हालको बेटा भर्सन प्रयोग गर्नुअघि एउटा कुरा भने ध्यान दिन आवश्यक छ । त्यो भनेको यो पूर्णरुपमा तयार भएको भर्सन होइन ।
त्यो हुँदा यसमा विभिन्न बग हुन सक्छन् । त्यसैले आफ्नो मोबाइलको डेटा सुरक्षाका लागि डेटालाई ब्याकअप गरेरमात्रै एन्ड्रोइड १२ को बेटा भर्सन प्रयोग गर्दा उपयुक्त हुनेछ ।
प्रयोग गुर्नभन्दा अघि तपाईंको डिभाइसले एन्ड्रोइड १२ को पब्लिक बेटा सपोर्ट गर्छ/गर्दैन भन्ने विषय महत्वपूर्ण हो । त्यसैले यहाँ एन्ड्रोइड १२ को पब्लिक बेटा सपोर्ट गर्ने डिभाइसको नाम उपलब्ध गराइएको छ ।
यसरी कुन मोबाइलले सपोर्ट गर्छ भन्ने विषयमा जानकारी प्राप्त भएसँगै अब यहाँ हामी एन्ड्रोइड १२ पब्लिक बेटा कसरी इन्स्टल गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।
माथि उल्लेखित डिभाइसमध्ये एन्ड्रोइड १२ को पब्लिक बेटा भर्सन इन्स्टलका लागि गुगल पिक्सेल फोन सबैभन्दा सहज रहेको छ । पिक्सेल फोन प्रयोगकर्ताले गुगलको एन्ड्रोइड बेटा साइडमा गएर सोझै डाउनलोड गर्न सक्नेछन् ।
तर, अन्य मोबाइलको हकमा भने तपाईंले गुगलको एन्ड्रोइड बेटाको वेबसाइटमा क्लिक गरी ‘भ्यु योर इनेबल डिभाइस’ मा गएर आफ्नो डिभाइसको बारेमा जानकारी लिन सक्नुहुनेछ ।
यदि तपाईंको डिभाइस एन्ड्रोइड १२ को बेटा भर्सनका लागि उपयुक्त छ भने तपाईंको मोबाइलमा सफ्टवेयर इन्स्टलका लागि रेडी छ भनेर नोटिफिकेशन प्राप्त हुनेछ ।
यदि तपाईं प्रक्रियागत रुपमा जान चाहनुहुन्छ भने सुरुमा तपाईं आफ्नो मोबाइलको ‘सेटिङ’ मा क्लिक गर्नुहोस् । अब त्यहाँ ‘सिस्टम अपडेट’ मा क्लिक गरी ‘चेक अपडेटमा क्लिक गरि त्यहाँ नयाँ अपडेट डाउनलोड गर्न सकिने नसकिने हेर्न सक्नुहुनेछ । यो प्रक्रिया केही फोन अनुसार भने फरक पर्ने सक्छ ।
यदि अपडेटका लागि उपलब्ध छैन भने तपाईंले पर्खिनुभन्दा अर्को विकल्प हुँदैन । अपडेट उपलब्ध छ भने तपाईंलाई उक्त अपडेट इन्स्टल हुनका लागि २४ घण्टासम्म लाग्नेछ ।