काठमाडौं । तपाईँको सबैभन्दा बढी डेटा पक्कै पनि गुगल अकाउन्टमा भण्डारण भइरहेकाे हाेला । फोटो, भिडिओ, कन्ट्याक्टमा भएका नम्बर, ग्यालरीमा भएका फोटो, तपाईँले यात्रा गरेको बाटोको विवरण गुगलले आफूसँग राख्छ ।
केहीगरी गुगल अकाउन्ट ह्याक भयो वा त्यसबाट हाम्रो एक्सेस हरायो भने हामी धेरै कुरा गुमाउँछौं । त्यसैले समयमै सजगता अपनाउनुपर्ने हुन्छ । आज हामी गुगल अकाउन्टलाई सुरक्षित राख्ने टु-स्टेप भेरिफिकेसनका बारेमा जानकारी दिँदैछौं ।
टु फ्याक्टर अथेन्टिकेसन अन गर्ने तरिका
गुगल अकाउन्ट सुरक्षित राख्ने उत्तम तरिका हो, ‘टु-फ्याक्टर अथेन्टिकेसन’ (2 factor authentication) अन गर्ने । यो फिचर अन गर्दा यदि कुनै व्यक्तिले तपाईँको जिमेल एड्रेस र पासवर्ड थाहा पायो भने पनि लगइन गर्न सक्दैन ।
यदि अर्को डिभाइसमा लगइन गर्नुपर्यो भने तपाईँले एप्रुभ गर्नुपर्ने हुन्छ । गुगल अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन अन गर्न तलको प्रक्रिया अपनाउनुहोस् ।
- सबैभन्दा पहिले यहाँ क्लिक गरेर गुगल अकाउन्टमा जानुहोस् ।
- त्यसपछि माथि रहेको सेक्युरिटीको अप्सनमा जानुहोस् ।
- अनि स्क्रोल गर्दै तल गएर टु-स्टेप भेरिफिकेसनको अप्सन छान्नुहोस् ।
- यति गरेपछि अर्को नयाँ पेजमा रहेको 'गेट स्टार्टेड' अप्सनमा क्लिक गर्नुहोस् ।
- त्यसपछि अर्को पेजमा देखिएको 'कन्टिन्यु' अप्सनमा जानुहोस् । त्यहाँ आफ्नो पासवर्ड राखेर 'कन्फर्म'मा क्लिक गर्नुहोस् ।
- र, अर्को पेजको 'शो मोर अप्सन'मा क्लिक गर्नुहोस् । अनि टेक्स्ट मेसेज अर भ्वाइस कलमा क्लिक गर्नुहोस् ।
- यति गरेपछि टेक्स्ट मेसेजको अप्सन छानी 'नेक्स्ट' अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि मेसेजमा आएको कोड प्रयोग गर्नुहोस् । र, 'नेक्स्ट' अप्सनमा क्लिक गर्नुहोस् ।
- र, अन्त्यमा 'टर्न अन' अप्सन छान्नुहोस् । यति गरेपछि तपाईँको डिभाइसमा टु-स्टेप भेरिफिकेसन अन हुन्छ ।