close

टाइप नगरी कम्प्युटरमा यसरी उतार्नुहोस् कागजमा लेखिएका नेपाली अक्षर

टेकपाना टेकपाना

पुस २४, २०७९ ८:२४

टाइप नगरी कम्प्युटरमा यसरी उतार्नुहोस् कागजमा लेखिएका नेपाली अक्षर

काठमाडौं । कापीमा पेनले नलेख्ने मान्छे संसारमा बिरलै होलान् । पढाइको सामग्री होस् वा आफूलाई लागेका केही कुरा हुन् हामी अधिकांश मानिसहरू कागजमा लेख्ने गर्छौँ ।

सोही कागजमा लेखिएका कुराहरू कहिलेकाँही हामीलाई हाम्रो कम्प्युटरमा अथवा अनलाइनमा लेख्नुपर्ने हुन्छ । यस्तोमा कागजमा लेखिएका कुरालाई पुन: कम्प्युटरमा टाइप गर्छौँ । तर समय अभाव भएको अवस्थामा यो काम झन्झटपूर्ण पनि हुनसक्छ ।

अंग्रेजी शब्दहरू त कम्प्युटरमा उतार्नका लागि अनेक उपायहरू छन् । सबैभन्दा गाह्रो नेपाली शब्दमा नै हुन्छ । 

आज हामी एउटा त्यस्तो तरिका सिकाउँदैछौँ जहाँबाट हातले लेखेका नेपाली शब्दहरू सजिलै युनिकोडमा उतार्न सकिन्छ ।

यो टुल गुगल लेन्सभन्दा फरक छ । गुगल लेन्सका माध्यमबाट हामीले पेपरमा लेखेका नेपाली शब्द दुरुस्तै युनिकोडमा उतार्न नसकिने हुनसक्छ । तर, यो टुल भने विशेषगरी देवनागरी लिपिमा समर्पित भएकाले अधिकांश बुझिने शब्दहरू दुरुस्तै युनिकोडमा उतार्न सकिन्छ ।

कतिपय अवस्थामा हामीलाई थोरै समयमा धेरै शब्द टाइप गर्नुपर्ने हुन्छ । यदि हाम्रो टाइपिङ स्पीड स्लो छ र हातले छिटो लेख्न सक्छौं भने यो टुल सहयोगी हुनसक्छ । 

यो टुल उपलब्ध भएको साइटको नाम हो ‘संस्कृत डिस्नेरी’ । कापीमा हातले लेखेका शब्द युनिकोडमा उतार्नका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

-   सबैभन्दा पहिले यहाँ क्लिक गरेर संस्कृत डिस्नेरीमा जानुहोस् ।

-   अनि अपलोडको अप्सनमा क्लिक गर्नुहोस् ।

-   यति गरेर आफूले टेक्स्ट निकाल्न चाहेको फोटो छान्नुहोस् ।

-   र, तपाईँको फोटोबाट टेक्स्ट निस्किने प्रक्रिया सुरु हुन्छ । तलको बक्सबाट कपी गरेर उक्त टेक्स्ट आफूलाई आवश्यक पर्ने ठाउँमा पेस्ट गर्न सक्नुहुन्छ ।

 

 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ ८:२९