close

भोलिदेखि राष्ट्रिय मेकानिकल एरोस्पेस इन्जिनियरिङ एक्स्पो

टेकपाना टेकपाना

पुस २५, २०७९ १४:१६

भोलिदेखि राष्ट्रिय मेकानिकल एरोस्पेस इन्जिनियरिङ एक्स्पो

काठमाडाैं । ललितपुरस्थित पुल्चाेक इन्जिनियरिङ क्याम्पसमा भाेलि मंगलबारदेखि १३औं राष्ट्रिय मेकानिकल एरोस्पेस इन्जिनियरिङ एक्स्पाे ‘मेक ट्रिक्स’ हुने भएकाे छ ।

क्याम्पसकाे मेकानिकल र एरोस्पेस इन्जिनियरिङका विद्यार्थीहरुकाे समूह साेसाइटी अफ मेकानिकल एन्ड एरोस्पेस इन्जिनियरिङ स्टुडेन्ट (सोमाएस)ले याे एक्स्पाे आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म चल्ने एक्स्पाेमा ड्राेन रेस, राेबाे-वार, गाे-कार्ट, थ्रीडी डिजाइन प्रतियाेगिता प्रमुख विशेषताका रुपमा रहने साेमाएसका अध्यक्ष गणेश ढुङ्गानाले बताए ।

त्यस्तै भर्चुअल गेमहरु पब्जी र भाराेरेन्ट पनि एक्स्पाेमा रहेका छन् । साथै इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुकाे परियाेजनाहरु पनि प्रदशनीमा हुनेछन् ।

आगन्तुकलाई प्रवेश नि:शुल्क रहेकाे याे एक्स्पाे इन्जिनियरिङ विद्यार्थीकाे विभिन्न प्रतिभालाई बाहिर ल्याउनका लागि आयाेजना गर्न लागिएकाे हाे ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १४:२६