close

स्टिफन हकिङको कुर्सीमा प्रयोग गरिएका छन् यस्ता प्रविधि

टेकपाना टेकपाना

पुस २५, २०७९ १३:४०

स्टिफन हकिङको कुर्सीमा प्रयोग गरिएका छन् यस्ता प्रविधि

काठमाडौं । सन् १९४२ जनवरी ८ का दिन बेलायतको अक्सफोर्डमा जन्मिएका स्टिफन ह्वकिङ आफ्नो बेलाका चर्चित भौतिकशास्त्री तथा ब्रह्माण्डविद् थिए । जटिल ब्रह्माण्डका रहस्य बुझाउन उनले दिएको योगदान इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।

ब्ल्याक होलको खोजीका लागि गरेको योगदान र प्रतिपादन गरेको थर्मोडाइनामिक्सको सिद्धान्तले हकिङलाई प्रख्यात वैज्ञानिक, भौतिकशास्त्री र ब्रह्माण्डविद्का रूपमा स्थापित बनायो । उनले लेखेको 'अ ब्रिफ हिस्ट्री अफ टाइम' पुस्तक बेस्टसेलर बुक अफ अल टाइम बन्नुका साथै दुई करोड ५० लाख प्रति बिक्री भइसकेको छ । सफल वैज्ञानिक स्टिफन हकिङको जीवन निकै सङ्घर्षपूर्ण रह्यो ।

२२ वर्षकै कलिलो उमेरमा उनलाई 'मोटर न्युरोन' रोग लागेको पत्ता लाग्यो, जसले गर्दा उनी आफ्नो अधिकांश समय ह्विलचेयरमा बिताउन बाध्य भए । हकिङलाई लागेको मोटर न्युरोन त्यस्तो भयानक रोग थियो, जसले उनको मांशपेशीलाई नै चल्न दिन्थेन ।

 

यहाँसम्म कि उनी हिँडडुल गर्न सक्थे, न कसैसँग बोल्न नै । अर्थात् उनी त्यस्तो प्यारालाइसिसबाट ग्रसित भए । उनका डाक्टरहरूले हकिङ केही वर्षमात्र बाँच्न सक्ने अनुमान गरेका थिए । तर, उनको आत्मविश्वास र दृढ सङ्कल्पले पाँच दशक बढी बाँचेका हकिङको सन् २०१८ मार्च १४ मा ७६ वर्षको उमेरमा दुःखद निधन भयो ।

आज हामी उनै स्टिफन हकिङलाई चर्चित वैज्ञानिकका रूपमा स्थापित गर्न सघाउने अत्याधुनिक ह्विल चेयरका बारेमा जानकारी दिँदैछौं । हकिङले आफ्नो जीवनभर अत्यधिक प्रयोग गरेका ह्विल चेयर आईबट र पर्मोबिल  सी५०० हुन् । इन्डिपेन्डेन्स टेक्नोलोजीले तयार पारेको आईबट ह्विल चेयर डिन कामेनले विकास गरेका थिए ।

त्यस्तै पर्मेमोबिल सी ५०० स्विडिश कम्पनीले तयार पारेको ह्विल चियर हो । ‘आईबट’ त्यस्तो ह्विल चेयर हो, जसमा जाइरोस्कोप तथा अन्य सेन्सर प्रयोग भएको छ । हकिङलाई चेयर सन्तुतल राख्न उक्त सेन्सरले मद्दत गर्थ्यो ।

यो ह्विल चेयरका माध्यमबाट हकिङ यात्रा गर्नुका साथै कुनै पनि सिँढी चढ्न, यात्रा गर्न सक्थे । चार ओटा पाङ्ग्रा भएको यो चेयर हकिङ आफैं नियन्त्रण गर्न र सन्तुलन राख्न सक्थे । यसको अत्याधुनिक गतिशीलता क्षमताका कारण हकिङ उक्त चेयरको आकार आवश्यकता अनुसार घटाउन वा बढाउन सक्थे ।

कुनै व्यक्तिसँग आँखामा आँखा जुधाएर अन्तरक्रिया गर्नुपर्दा उनी सो चेयरको उचाइ बढाउने वा घटाउने गर्थे । यो सुविधा विशेषगरी उभिन वा हिँड्न नसक्नेहरूका लागि उपयोगी हुन्छ ।  किनभने यसले उनीहरूलाई भौतिक रूपमा विभिन्न क्रियाकलाप सहभागी गर्न सघाउँछ । हकिङले प्रयोग गरेको अत्याधुनिक ह्विल चेयर, आईबट मात्र होइन ।

त्यसबाहेक उनी पर्मोबिल सी५०० हाइ पावर टेक ह्वील चेयर प्रयोग गर्थे । कम्प्युटर जडान भएको उक्त ह्वील चेयरका माध्यमबाट नै हकिङ कुरा गर्न, टाइप गर्न, हिँडडुल गर्न र विभिन्न काम गर्न सक्थे । सो चेयरमा यस्तो अत्याधुनिक कम्प्युटर प्रयोग भएको थियो । जसले हकिङको मांशपेसीको चालले उनले सोचेका शब्दहरू टाइप गर्न मद्दत गर्थ्यो ।

सोही कम्प्युटरका माध्यमबाट हकिङले २५ ओटाभन्दा बढी पुस्तक लेखेको उल्लेख छ । आफ्नो शारीरिक सीमितताका बाबजुत हकिङ, २०१८ सम्म आफ्नो सक्रिय र प्रभावशाली वैज्ञानिक बने । यी अत्याधुनिक ह्विल चेयरले नै हकिङको पहिचान दिन, उनको क्षमतालाई विश्वमाझ ल्याउन सहयोग गरे ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनबीसीका अनुसार स्टिफन हकिङले प्रयोग गर्दै आएको पर्मोबिल सी५०० ह्विल चेयर तीन लाख ९३ हजार डलरमा अक्सनमा राखिएको थियो । सो रकम स्टिफेन हकिङको कोषमा जम्मा गरिने बताइएको छ । उनले जीवनमा प्रयोग गरेका अन्य ह्विलचेयर कहाँ छन् भन्ने यकिन छैन ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १३:५७