काठमाडौं । प्रदेश १ मा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । सडक विस्तारको क्रममा फाइबर काटिँदा प्रदेशका सम्पूर्ण भागमा मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
विशेषगरी मोबाइल डेटा तथा फाइबर इन्टरनेट पूर्णरुपमा बन्द भएको टेलिकमले जनाएको छ ।
‘फाइबर काटिँदा सेवा अवरुद्ध भएको हो,’ कम्पनीका प्रवक्ता शोभन अधिकारीले भने, ‘मोबाइल इन्टरनेट र फाइबर पूर्णरुपमा बन्द छ । टेलिफोन सेवा आंशिक रुपमा सञ्चालनमा रहेको छ ।’
हाल फाइबर काटिएको स्थानमा आवश्यक टोली पुगिसकेको र जतिसक्दाे चाँडाे सेवा पुनः सञ्चालनमा ल्याउने काम गरिरहेकाे उनले जानकारी दिए ।