close

उच्च गुणस्तरको फोटो शेयर गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

माघ ८, २०७९ १३:४३

उच्च गुणस्तरको फोटो शेयर गर्न मिल्ने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । मेटा अन्तर्गतको इन्स्टेन्ट् म्यासेजिङ एप ह्वाट्सएपले हाई क्वालिटीको फोटो शेयर गर्न मिल्ने फिचरमा काम गरिरहेको पाइएको छ । ह्वाट्सएपको बेटा भर्सनबारे जानकारी दिने संस्था ह्वाबेटाइन्फोले यो विषयमा जानकारी दिएको हो ।  

हुन त अहिलको अवस्थामा पनि हाई क्वालिटिको फोटो शेयर गर्नका लागि धेरै प्रयोगकर्ताले ह्वाट्सएप नै प्रयोग गर्ने गरेको पाइन्छ । तर, पनि हाल ह्वाट्सएपले फोटो पठाउँदा स्पेस र ब्याण्डविथ बचाउनका लागि फाइल कम्प्रेस गरेर पठाउने गरेको छ । त्यो हुँदा फोटोको क्वालिटी घटेर जाने गरेको छ ।

तर, अब भने प्रयोगकर्ताले क्वालिटी छनोट गरेर फोटो पठाउन सक्ने जनाइएको छ । यसरी फोटो पठाउँदा फाइल अट्याचमेन्ट मार्फत फोटो अट्याच गरी पठाउनु पर्नेछ । यसरी फोटो पठाउँदा फोटोको प्रिभ्यु भने उपलब्ध नुहने जनाइएको छ । यो हिसाबले उच्च क्वालिटिको फोटो शेयर गर्नका लागि यो फिचर निकै उपयोगी हुने अपेक्षा गरिएको छ ।   


 

पछिल्लो अध्यावधिक: माघ ८, २०७९ १३:४३