close

ईसेवामा ब्याज किन आउँदैन ?

टेकपाना टेकपाना

माघ ११, २०७९ १७:१३

काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक ‘ईसेवा’ १५औँ वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको ईसेवाले १४ वर्ष पार गरेको हो । 

आफ्नो १४ वर्षे यात्रामा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्‍याउन सफल भएको 'कम्पनीले उल्लेख गरेकाे छ । कम्पनीका अनुसार १४ वर्षको अवधिमा ईसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ७० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ७० लाख जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेका छन् ।

मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । ईसेवामा हाल ५० भन्दा धेरै बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट ईसेवामा रकम जम्मा गर्न तथा ईसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । 

ईसेवाको १४औँ वार्षिकोत्सवका सन्दर्भमा हामीले कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्कासँग ईसेवाको बजार, सेवा, चुनौती र भावी योजनाबारे भिडिओ अन्तर्वार्ता गरेका छौं:

पछिल्लो अध्यावधिक: माघ ११, २०७९ १७:२५