close

इन्टरनेट ब्याण्डविथमै बाहिरिन्छ मासिक ८० करोड

टेकपाना टेकपाना

माघ १२, २०७९ ११:४०

इन्टरनेट ब्याण्डविथमै बाहिरिन्छ मासिक ८० करोड

काठमाडौँ ।  इन्टरनेटका लागि अन्तर्राष्ट्रिय ब्याण्डविथ आयातमा मासिक ८० करोड रुपैयाँ बाहिरिने गरेको छ । विभिन्न सेवाप्रदायकमार्फत ब्याण्डविथ खरिदका लागि उक्त रकम देश बाहिर जाने गरेको हो ।

प्राधिकरणका अनुसार नेपालमा हाल  मासिक करिब १३५० जीबीपीएस इन्टरनेट ब्याण्डविथ खरिद हुँदै आएको छ । जसका लागि मासिक ६० लाख ७५ हजार अमेरिकी डलर (करिब ८० करोड रुपैयाँ) भुक्तानी हुने गरेको देखिन्छ । यसरी सेवाप्रदायकले विदेशबाट प्रति एमबीपीएस औसत ४.५० अमेरिकी डलर (करिब पाँच सय ८६ रुपैयाँ) का दरले ब्यान्डविथ ल्याउने गरेका छन् ।

अन्तर्राष्ट्रिय बजारबाट हाल १२ ओटा नेटवर्क सेवाप्रदायक कम्पनीहरूले भारती एयरटेल लिमिटेड (भारत), भारती इन्टरनेसनल (सिङ्गापुर), टाटा कम्युनिकेसन्स इन्टरनेसनल (सिङ्गापुर), इन्टरप्ट्स प्रालि (हङ्गकङ्ग), चाइना टेलिकम (चीन) र भारती यूकेबाट  इन्टरनेट ब्याण्डविथ खरिद गर्दै आएका छन् ।

यसरी इन्टरनेट ब्यान्डविथ खरिद गर्दा विदेशी मुद्रा भुक्तानीका लागि प्राधिकरणबाट सिफारिस लिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ ११:४०