close

अब एन्ड्रोइडमा इन्कग्निटो ट्याब लक गर्न सकिने

टेकपाना टेकपाना

माघ १४, २०७९ ११:५७

अब एन्ड्रोइडमा इन्कग्निटो ट्याब लक गर्न सकिने

काठमाडौँ । लामो समयसम्मको परीक्षण र चर्चापछि गुगलले इन्कग्निटो मोडलाई लक गर्न मिल्ने फिचर ल्याएकाे छ । अब एन्ड्रोइड प्रयोगकर्ताले आफ्नो डिभाइसको क्रोममा इन्कग्निटो मोडलाई लक गर्न सक्नेछन् । 

योसँगै प्रयोगकर्ताले अब इन्कग्निटो मोड प्रयोग गर्दा स्क्रिन लकमा जस्तै पिन अथवा प्याटर्न प्रयोग गरी लक गर्न मिल्नेछ । साथै प्रयोगकर्ताले आफ्नो बायोमेट्रिक विवरण प्रयोग गरेर पनि इन्कग्निटो मोड प्रयोग गर्न सक्नेछन् । 

प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै यो नयाँ फिचर उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

यो फिचर प्रयोग गर्न निकै सहज छ । जब प्रयोगकर्ताले क्रोम एप आफ्नो डिभाइसमा अन गर्छन् र इन्कग्निटो ट्याब प्रयोग गर्न चाहेमा आफ्नो मोबाइलकै लक स्क्रिन पनि प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ ११:५७