close

नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन, सेवाग्राही मर्कामा

टेकपाना टेकपाना

माघ १४, २०७९ १५:२५

नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन, सेवाग्राही मर्कामा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट भएका नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन भएको छ । शनिबार दिउँसो २ बजेदेखि वेबसाइट नचल्दा सेवाग्राही मर्कामा परेका छन् ।

जीआईडीसीको सर्भर नचल्दा सरकारी वेबसाइटमा समस्या देखिएको हो । केन्द्रका सूचना अधिकारी रमेश पोखरेलले एनआईटीसीको सर्भरमा रहेको फायरवेलमा मेमोरी (सीपीयू) एक्कासी बढी देखिएको जानकारी दिए ।

उनले टेकपानासँग भने, ''हाम्रो प्राविधिक टोलीले समस्या पहिचान गरिसकेको छ । केही समयमै समाधान हुन्छ ।''

वेबसाइट नचल्दा सेवाग्राहीले समस्या भोगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् । अध्यागमनको वेबसाइट नखुल्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको पाइएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ १६:२८