close

ब्याचलर्स र मास्टर्समा बेलायती आईटी कोर्ष पढाउने नामी कलेज

टेकपाना टेकपाना

माघ १६, २०७९ १९:३२

ब्याचलर्स र मास्टर्समा बेलायती आईटी कोर्ष पढाउने नामी कलेज

काठमाडाैँ । सन् २०१३ देखि सञ्चालनमा आएको नामी कलेजले बेलायतस्थित नर्थह्याम्प्टन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विभिन्न तहका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ । कलेजले उच्च मावि, ‘ए’ लेभल, स्नातक र स्नातकाेत्तर तहमा विभिन्न कोर्ष सञ्चालन गरिरहेको छ ।

आईटी काेर्ष

बीएससी (अर्नस) कम्प्युटिङ

विशेष गरेर कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र कम्प्युटर नेटवर्क इन्जिनियरिङका विषयहर पढाइ हुने यो तीन वर्षे ३६० क्रेडिट आवरको कोर्ष हो । यो कोर्षको अध्ययनपछि विद्यार्थी  सफ्टवेयर उद्योग, आईएसपी, बै‌क, अटोमोबाइल उद्योग आदिमा जान सक्छन् ।

बीएससी (अर्नस) कम्प्युटिङ (सफ्टवेयर इन्जिनियरिङ)

यो तीन वर्षे ३६० क्रेडिट आवरको कोर्ष हो । यस कोर्षमा विशेषत: सफ्टवेयर डेभलपमेन्टलाई केन्द्रमा राखिएको छ । साथै कोर्षमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई),  डेटाबेस, वेब टेक्नोलोजी जस्ता विषयको पढाइ हुन्छ । 

बीएससी (अनर्स) नेटवर्क इन्जिनियरिङ

यो कोर्ष विशेष गरेर कम्प्युटर नेटवर्किङमा केन्द्रित छ । यसमा सैद्धान्तिकभन्दा पनि प्रयोगात्मक कक्षा बढी आवश्यक पर्ने भएकाले उस्तै खालका विषयहरु रहेको कलेजको कम्प्युटर विभागका प्रोगाम लिडर निश्चल खड्काले बताए । यो तीन वर्षे ३६० क्रेडिट आवरको कोर्ष हो । यसमा वायरलेस एन्ड एड्भान्स नेटवर्क टेक्नोलोजिज, डेटा कम्युनिकेसन, मोबाइल कम्प्युटिङ, साइबर सेक्युरिटी जस्ता विषय रहेका छन् । 

एमएससी कम्प्युटिङ

स्नातकाेत्तर तहको यो कोर्षले विद्यार्थीलाई कम्प्युटिङका बारेमा थप बुझ्न मद्दत गर्छ । अहिले यो कोर्षमा सफ्टवेयर र नेटवर्कलाई केन्द्रमा अध्यापन भइरहेको छ । हाल यो कोर्ष  ‘जनरल’ कुरामा केन्द्रित रहेको, तर भविष्यमा ‘स्ट्रिम’मा आधारित भएर जाने खड्काले बताए । 

गैरआईटी कोर्ष 

यस कलेजमा आईटीबाहेकका अन्य कोर्ष पनि सञ्चालनमा छन् । जसमा उच्च मावि तहमा विज्ञान र व्यवस्थापन अध्यापन हुन्छ । त्यस्तै ब्याचलर तहमा बीएससी (अनर्स) इन्भाइरोमेन्टल साइन्स र बीबीएको पढाइ  हुन्छ । साथै यस कलेजमा जीसीई ए लेभलको समेत पढाइ पनि हुने गरेको  छ । 

शब्दचित्रमा नामी कलेज

सम्बन्धन: नर्थह्याम्प्टन विश्वविद्यालय, बेलायत

संस्थापक: डा. आर्जु राणा देउवा, क्या. रामेश्वर थापा, सुरेशराज घिमिरे, उमाराज्य लक्ष्मी शाह, सोनी जोशी, सीता बास्ताेला (कोइराला) र योगराज कँडेल शर्मा

प्रिन्सिपल: सञ्जीव उप्रेती

विद्यार्थी संख्या: १३०० बढी

शिक्षक/कर्मचारी संख्या: १०० बढी 

सम्पर्क

वेबसाइट: nami.edu.np

टेलिफाेन: ०१-४९१७४४१

ईमेल: [email protected]

ठेगाना: जोरपाटी, काठमाडौं

पछिल्लो अध्यावधिक: माघ १६, २०७९ १९:३७