काठमाडौँ । आफूले जानेका विषयवस्तुबारे प्रस्तुति दिनुपर्यो भने हामी माइक्रोसफ्ट पावरपोइन्ट बनाउने गर्छौँ । पावरपोइन्टमा बनाइएका आकर्षक स्लाइडले हाम्रो प्रस्तुतिलाई रोचक बनाइदिन्छ । पावरपोइन्टमा प्रस्तुति दिन सहज पनि हुन्छ ।
कहिलेकाही आफ्नो सो प्रस्तुतीलाई फोटो वा भिडिओको माध्यमबाट सामाजिक सञ्जालमा शेयर गर्दा अझ प्रभावकारी पनि हुनसक्छ । आज हामी माइक्रोसफ्ट पावरपोइन्टलाई कसरी भिडिओमा परिणत गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।
- सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् ।
- त्यसपछि 'ड्रप फाइल्स हियर' भन्दा तल रहेको ‘चुज फाइल’ को बटनमा क्लिक गर्नुहोस् ।
- अनि आफूले भिडिओमा परिणत गर्न चाहेको पावरपोइन्ट फाइल छान्नुहोस् ।
- त्यसपछि आफ्नो आवश्यकता अनुसार भिडिओको गुणस्तर, फ्रेम आदि छान्नुहोस् ।
- र, अन्तिममा स्टार्टको अप्सन छान्नुहोस् ।
- यति गरेपछि फाइल भिडिओमा रूपान्तरण हुन थाल्छ । प्रेजेन्टेसनको गुणस्तर अनुसार त्यसमा समय लाग्छ ।
- अनि, डाउनलोडको बटनमा क्लिक गरेर भिडिओ डाउनलोड गर्नुहोस् ।
- त्यसपछि भिडिओ डाउनलोड गरेर आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नुहुन्छ ।
यस्ता भिडिओमा अडियो राखेर युट्युब, फेसबुक तथा आफ्नो वेबसाइटमा राख्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: माघ १७, २०७९ १२:३८
