काठमाडौँ । हामीमध्ये धेरैको घरमा पुरानो ब्ल्याक एन्ड ह्वाइट फोटो हाेला । त्यस्तै पुराना जमानाका कतिपय कलाकारको ब्ल्याक एन्ड ह्वाइट फोटो त पक्कै देखेका छाैँ ।
हामीले देखेका ब्ल्याक एन्ड ह्वाइट रङ्गका फोटोमा वास्तविक रङ्ग भरियो भने कस्तो होला ? ब्ल्याक एन्ड ह्वाइट फोटोलाई रङ्गिन बनाएर हेर्ने धेरैको चाहना हुनसक्छ । आज हामी त्यस्ता फोटोलाई कसरी रङ्गिन फोटो बनाउने भन्ने विषयमा जानकारी दिँदै छौँ ।
- सबैभन्दा पहिले आफ्नो डिभाइसमा एउटा ब्ल्याक एन्ड ह्वाइट फोटो राख्नुहोस् ।
- त्यसपछि यहाँ क्लिक गरी फोटो कलराइज गर्ने साइटमा जानुहोस् ।
- अनि, 'अपलोड फोटो' बटनमा क्लिक गर्नुहोस् ।
- र, ग्यालरी वा डिभाइसमा भएको फोटो छान्नुहोस् ।
- फोटो रङ्गिन हुने प्रक्रिया स्वतः सुरु हुन्छ ।
- केही समयपछि ब्ल्याक एन्ड ह्वाइट फोटोको रङ्गिन स्वरूप देखिन्छ । यदि तपाईँलाई रङ्ग कम भएको हो भन्ने लाग्यो भने माथि केही अप्सन छान्न सक्नुहुन्छ ।
- फोटो रङ्गिन भइसकेपछि 'डाउनलोड' अप्सनमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ । हाई क्वालिटीको फोटो डाउनलोड गर्दा भने केही शुल्क लाग्छ । तर, निःशुल्क उपलब्ध हुने फोटो पनि स्तरीय नै देखिन्छ ।
साथै यस वेबसाइटमा अकाउन्ट साइनअप गर्नु नपर्ने भएकाले सहज पनि हुन्छ ।