टेकपाना
माघ २६, २०७९ २२:५१
काठमाडौँ । नागरिक एपको एन्ड्रोइड संस्करणमा नयाँ अपडेट आएको छ ।
यसअन्तर्गत राष्ट्रिय किताबखाना (निजामती), युजर इन्टरफेस र एक्सिपिरियन्समा सुधारका साथै सामान्य समस्याको समाधान भएको एपले जनाएको छ ।
सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एप सञ्चालन गरिरहेको छ ।
एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: माघ २६, २०७९ २२:५५