काठमाडाैं । विकिपिडियामा जोकोहीले कन्टेन्ट लेख्न वा एडिट गर्नसक्ने भएपछि त्यसलाई कसरी आधिकारिक मान्ने भन्ने धेरैको जिज्ञासा हुनसक्छ । विकिपिडियामा भएका सबै जानकारी आधिकारिक वा सही हुन् भन्न चाहिँ सकिँदैन ।
विकिपिडियाका उपलब्ध हरेक विषयको प्रायः ब्याकलिङ्क समावेश गरिएको हुन्छ, जसलाई विश्लेषण गरेर हामी आफैंले उक्त जानकारी कति सही वा गलत भन्ने छुट्याउनुपर्छ ।
१. ओपन एडिटिङ
जोकाेहीले एडिट गर्न सक्ने भएपनि उक्त एडिट गरिएको हिस्ट्री सबैले हेर्न पाउँछन् । त्यसैले कसले कहिले र किन जानकारी परिवर्तन गरेको छ भन्ने कुरा मूल्याङ्कन गरेर जानकारी सही छ वा छैन छुट्याउन सकिन्छ ।
यसरी हरेक विवरण पारदर्शी हुने भएकाले ती जानकारीमा भर पर्ने वा नपर्ने भन्ने कुरा हामी आफैंले तय गर्नुपर्छ ।
२. कम्प्युनिटी ओभरसाइट
विकिपिडिया विश्वभर अधिक स्वयंसेवक (भाेल्युन्टर) भएको प्लेटफर्म हो । दिनमा लाखौँ व्यक्तिले विकिपिडिया पेजमा योगदान दिइरहेका हुन्छन् ।
स्वयंसेवकले नियमन गरिरहने भएकाले गलत भएका सामग्री क्षणभरमै हटाइन्छन्, जसले गर्दा विकिपिडियामा हुने सामग्री विश्वसनीय नै मान्न सकिन्छ ।
३) भरपर्दा स्रोतहरू
कसैले केही कुरा एडिट गरेको छ भने सो व्यक्तिले त्यसको स्रोत पनि उल्लेख गर्नुपर्ने हुन्छ । यसरी विकिपिडिया भिजिट गर्ने व्यक्तिले त्यस्ता ब्याकलिङ्कलाई आधार बनाई ती जानकारी सही छन् वा छैनन् भन्ने छुट्याउन सक्छन् ।
४) पूर्वाग्रही बिनाका पोस्ट
विकिपिडिया पेजका लागि त्यस्ता कन्टेन्टमात्र एप्रुभ हुन्छन् जसलाई सन्तुलन गरी लेखिएको छ । अर्थात् कुनै एक पक्षलाई आधार बनाई लेखिएको खण्डमा विकिपिडियाबाट त्यस्ता पोस्ट एप्रुभ हुँदैनन् । यसरी सकारात्मक तथा नकारात्मक पक्ष सन्तुलन भएका कन्टेन्टमात्र विकिपिडियामा राख्न सकिन्छ ।
५. कन्फ्लिक्ट अफ इन्ट्रेस्ट
विकिपिडियाले एडिटरका विचार वा रुचिका कुरालाई स्वीकार गर्दैन । कसैले आफ्नो विचार प्रवर्द्धन गर्न खोज्यो भने विकिपिडियाले त्यस्ता पोस्ट अस्वीकार गर्छ । यसरी कोही व्यक्तिका नितान्त विचारहरू राख्न नमिल्ने हुँदा त्यहाँ भएका सूचनालाई आधार मान्न सकिन्छ ।