close

अब युट्युबमै पोडकास्ट सुविधा

टेकपाना टेकपाना

फागुन १०, २०७९ १२:१३

अब युट्युबमै पोडकास्ट सुविधा

काठमाडौं । पोडकास्ट सञ्चालन गर्नेहरूका लागि युट्युबमा नयाँ फिचर थपिने भएको छ । कम्पनीले यसका लागि युट्युब स्टुडियो एपबाट पोडकास्ट अपलोड गर्ने, व्यवस्थापन गर्ने जस्ता फिचरको परीक्षण गरिरहेकाे छ ।

यी नयाँ फिचरले युट्युबमा पोडकास्ट हाल्न सजिलो हुने, स्टुडियमै प्ले लिष्ट बनाउन सकिने कम्पनीले जनाएको छ । \

हाल युट्युब स्टुडियोबाटै पोडकास्ट अपलोड गर्ने कामकाे सफल परीक्षण भएकाे कम्पनीकाे भनाइ छ । त्यस्तै त्यहाँ हुने ‘पोडकास्टस् ट्याब’बाट सबै पोडकास्ट हेर्न सकिने छ ।

परीक्षणमा युट्युबले पोडकास्ट एनालिटिक्स फिचर पनि परीक्षण गरेको थियो । यस फिचरले पोडकास्टको मात्र इन्साइट उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

युट्युबमा अडियो सुन्ने प्रयोगकर्ताको संख्या बढ्दै जाँदा कम्पनीले पोडकास्टसम्बन्धी विभिन्न टुलको विकास गरिरहेको छ । हाल सात करोड बढीले शुल्क तिरेर युट्युब म्युजिक प्रयोग गरिरहेका छन् ।

पछिल्लो समयमा युट्युबरहरूले समेत पोडकास्ट सुरु गर्न थालेका छन् । यो कारणले पनि युट्युबले पोडकास्टका लागि विशेष फिचर ल्याउन लागेको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०७९ १२:२०