close

‘फाइभजी स्पेक्ट्रमका लागि अक्सन खुलाउँदै छौँ’

पुरुषोत्तम खनाल

फागुन ११, २०७९ १५:५

‘फाइभजी स्पेक्ट्रमका लागि अक्सन खुलाउँदै छौँ’

अरु देशमा जस्तै नेपालमा पनि अहिले फाइभजी मोबाइल सेवा चर्चाको विषय बनेको छ । फाइभजी के हो, कहिले आउँछ भनेर सबैले चासो देखाइरहेका छन् । फाइभजी सन्दर्भमा फ्रिक्वेन्सी ब्यान्ड र प्राइसिङ तोकिएको थिएन ।

अर्कोतर्फ हाम्रो फ्रिक्वेन्सी नीतिले निःशुल्क परीक्षण सेवा सञ्चालन गर्न दिने भनेर परिकल्पना पनि गरेको थिएन । यो कारणले गर्दा हामी (नेपाल दूरसञ्चार प्राधिकरण)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग प्रस्ताव गर्‍यौंँ र फाइभजी परीक्षण गर्ने प्रक्रिया अगाडि बढायौँ । ढिलै भएपनि परीक्षण सुरु भएको छ । अपेक्षाकृत रुपमा नभएपनि टेस्ट सुरु भएको छ ।

तर हामीले सुरुदेखि नै परीक्षण सेवामा चुनौतीको सामना गरिरहेका छौँ । सरकारले सोचेको जस्तो, नियामकले सोचेको जस्तो र आमउपभोक्ताले सोचेजस्तो परीक्षण भएन कि भन्ने गुनासो छ । खासगरी परीक्षणमा ट्यारिफको कुरा गरिएका थियो, जसमा उपभोक्तालाई निःशुल्क प्रयोग गर्न दिने र अपरेटरलाई निःशुल्क स्पेक्ट्रम दिने शर्त राखिएको थियो ।

तर अपरेटर (नेपाल टेलिकम)ले आफ्नो भित्रको जस्तो टेस्टिङ गरिरहेको छ । म अपरेटरलाई आग्रह गर्न चाहन्छु, नियामकको आशंका वा नियामकले उठाइरहेको यो कुरा र आमसमुदायले उठाइरहेको कुरालाई सम्बोधन गर्नका लागि आफ्नो परीक्षणको दायरा अघि बढाउनुहोस् । मैलै टेलिकम एमडीलाई पनि भनेको छु, यसतर्फ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

यसका साथै नेपालमा 'पोसिबल फाइभजी युज केसेस' के हुनसक्छ डेमो गर्न गइरहेका छौं, ताकि यसको अवसर कहाँ कहाँ छ भनेर थाहा पाउन सकियोस् । फाइभजी ल्याउँदा राज्यको लगानी हुन्छ, त्यसको प्रतिफल हुनुपर्‍याे । यसकारणले पनि ड्राफ्ट रिपोर्ट प्राप्त गरेका छौं । फाइनल रिपोर्ट एक दुई महिनामै फाइनल रिपोर्टमा आउनेछ । यसमा फाइभजीको प्रयोग कहाँ कहाँ गर्न सकिन्छ भनेर देखाइनेछ ।

नियामकले अपरेटरभित्र सूक्ष्म रुपले म्यानेजमेन्ट नगरौँ भनेका थियौं, अब चैं गर्ने सोचमा पुगेका छौँ । सूक्ष्म भनेको चैं अपरेटरहरुलाई एउटा सेवा सञ्चालनका लागि अनुमति दिएपछि सबै जनसंख्या र ठाउँमा सेवा पुग्ने गरी काम गर्नुपर्छ । फोरजीमा पनि भनेका थियौं, तर अनुगमन गर्न त्यतिबेला माइक्रो लेभलमा गएनौँ । तर अपरेटरहरुले सबै जनसंख्या र भूगोलमा सेवा दिन सकेनन् ।

जसरी अन्य प्रविधिले हाम्रो दैनिक जीवनलाई सहयोग पुर्‍याइरहेको छ, फाइभजीले अन्य जीवनशीलीमा थप सहयाेग गर्छ । फाइभजी इन्डस्ट्री लक्षित भएर आउँदैछ । के हाम्रो इन्डस्ट्री यसका लागि तयार छ त ? कुन कुन इन्डस्ट्री तयार छ भन्ने कुरा हामीले हेरिरहेका छौँ ।

यसको सकारात्मक र नकारात्मक दुवै पक्ष होला । तर मानवजीवनलाई यसले धेरै परिवर्तन ल्याउँदैछ । अब हामी सरकारको सहकार्यमा फाइभजीको ओपन स्पेक्ट्रम अक्सन गर्छौैं । जसले जित्नुहुनेछ, उसलाई फाइभजीको अनुमति दिन्छौं ।

(खनाल नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुन् ।)

पछिल्लो अध्यावधिक: फागुन ११, २०७९ १५:१८