close

सिभिल बैंकलाई प्राप्ति गरेपछि आजदेखि चल्न थाल्यो हिमालयन बैंकको डिजिटल बैंकिङ सेवा

टेकपाना टेकपाना

फागुन १२, २०७९ १३:२८

सिभिल बैंकलाई प्राप्ति गरेपछि आजदेखि चल्न थाल्यो हिमालयन बैंकको डिजिटल बैंकिङ सेवा

काठमाडौं । सोमबारदेखि बन्द भएको हिमालयन बैंक र सिभिल बैंकको सम्पूर्ण बैंकिङ सेवा सञ्चालनमा आएको छ । हिमालयन बैंक र सिभिल बैंक एकआपसमा गाभिने हुँदा डेटा माइग्रेसनका लागि दुवै बैंकका बैंकिङ सेवा अवरुद्ध भएका थिए ।

शुक्रबारबाट भने सिभिल बैंक र हिमालयन बैंकको एकीकृत कारोबार हिमालयन बैंकको नामबाट सुरु भएको छ । दुवै बैंकको एकीकृत कारोबार हिमालयन बैंकबाट सञ्चालन हुने भएकाले सिभिल बैंकका ग्राहकको खाता नम्बर परिवर्तन हुनेछ ।

नयाँ खाता नम्बर लिन नजिकको बैंकमा सम्पर्क गर्न हिमालयन बैंकले अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन १२, २०७९ १३:२८