काठमाडौं । के तपाईं टिभी खरिद गर्ने सोचमा हुनुहुन्छ ? बजारमा अहिले थरीका टिभी छन् । टिभी किन्नुअगाडि धेरै कुरामा ध्यान दिनुपर्छ । टिभीको फिचरदेखि यसको क्वालिटीसम्मका कुरामा मात्र ध्यान दिएर पुग्दैन ।
तपाईंको आवश्यकता अनुसारको टिभीको साइज तपाईंको घर अथवा कोठामा सुहाउँछ कि सुहाउँदैन भनेर ध्यान दिन पनि उत्तिकै जरुरी छ ।
सामान्यतः हामी ठूलो टिभी हेर्न रुचाउँछौं । साथै आजभोलि जति ठूलो टिभी, त्यति नै धेरै फिचर पनि हुने गरेका छन् । तर ठूलो टिभी ल्याएर राख्दैमा मात्र पनि भएन ।
अचेल मान्छेहरू कोठा सजाउन पनि उत्तिकै सचेत छन् । सबै कोठामा ठूला टिभी अटाउँछन् भन्ने हुँदैन ।
त्यसोभए सही साइजको टिभी कसरी छान्ने त ? सामान्य रुपमा बुझ्दा सुत्ने कोठा (बेड रूम) मा टिभी राख्ने हो भने ४३ इन्चको टिभी अथवा वैठक कोठामा राख्ने हो भने ५५ इन्चसम्मको टिभी उपयुक्त हुन्छ ।
अथवा तपाईंको काेठा झनै ठूलो छ भने त ६५ इन्चको टिभी ठिक्क हुनसक्छ । तर कोठाको हिसाबले यति नै इन्चको टिभी ठीक हुन्छ भनेर थाहा पाउन चाहनुहुन्छ भने उल्लेखित उपाय अपनाउन सक्नुहुन्छ ।
पहिलो चरण: टिभी राख्ने ठाउँ नाप्नुहोस्
सबैभन्दा सुरुमा कोठामा तपाईंले छनौट गर्नुभएको टिभी राख्ने स्थान नाप्नुहाेस् । तपाईं टिभी झुण्डाएर राख्न चाहनुहुन्छ अथवा टिभी स्ट्यान्डमा राख्न चाहनुहुन्छ, त्यो निश्चित गर्नुहोस् ।
त्यस्तै तपाईंले छनौट गर्नुभएको टिभीको साइज अनुसार तपाईंले टिभी राख्न छान्नुभएको स्थानमा कम्तिमा पनि सबैतिरबाट एक-एक इन्च जतिको खाली ठाउँ हुनु जरुरी छ ।
टिभीको साइज नाप्नु एउटा मुश्किल काम पनि हो । किनभने टिभीको स्क्रिन साइज र टिभीको ओभरल साइज फरक हुन्छ ।
सामान्यतः टिभीको स्क्रिन साइज ठाडो र तेस्रो दुवैलाई मिलाएर नाप्ने गरिन्छ, जसले टिभीको बेजल्स (स्क्रिनभन्दा बाहिरको बाँकी किनारा) र टिभीको अन्य भाग जोडिएको हुँदैन ।
त्यसैले पनि हामीले ठाउँ टिभीको साइजभन्दा अलि ठूलो नै रोज्नुपर्ने हुन्छ । यद्यपि केही कम्पनीहरूले टिभीको डिस्प्ले साइज र बेजल्सलाई जोडेर टिभीको साइज निर्धारण गर्छन् भने केहीले स्क्रिन साइजलाई नै टिभीको वास्तविक साइज मान्छ ।
उदाहरणका लागि ५० इन्चको टीसीएलको सिरिज ४ को टिभीको डिस्प्ले साइज ४९.५ इन्चको हुन्छ ।
दोस्रो चरण: टिभीको ब्रान्ड छनौट गर्नुहोस्
टिभीको साइज र टिभी राख्ने साइज निर्धारण फरक हिसाबले हुने गर्छ । बजारमा थुप्रै ब्रान्डका टिभी छन् । सामान्यतः स्ट्यान्ड भएको टिभी र स्ट्यान्ड नभएको टिभीको साइज फरक हुन्छ ।
ब्रान्ड छनौट गर्दा तपाईंले रोज्नुभएको स्थान अनुसार उपयुक्त हुने टिभी खरिद गर्न सक्नुहुन्छ ।
तेस्रो चरण: टिभी खरिद गर्नुहोस्
टिभीको साइज र राख्ने ठाउँ निश्चित गरिसकेपछि कुन ब्रान्डको टिभीले तपाईंको आवश्यकता पुरा गर्छ भनेर थाहा पाउन जरुरी छ ।
बजारमा अहिले धेरै ब्राण्डका टिभी छन् । तपाईंले आफ्नो इच्छा र बजेट अनुसार टिभी खरिद गर्न सक्नुहुन्छ । टिभी खरिद गर्दा ध्यान दिनुपर्ने कुरा थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।